समयमै सचेत बनौं‌, लकडाउन गर्नुपर्ने अवस्था नआओस् : प्रधानमन्त्री

विदुर खबर २०७७ चैत २८ गते १८:१३

नुवाकोट । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोनाको त्रास पुनः बढेको भन्दै सचेत रहन आग्रह गरेका छन् ।

Advertisement

नेपाल उद्योग वाणिज्य महासंघको पचपन्नौँ वार्षिक साधारणसभा तथा उद्योग वाणिज्य दिवसका अवसरमा आयोजित कार्यक्रमलाई सम्वोधन गर्दै प्रधानमन्त्री ओलीले सबैले सचेतना अपनाउने पर्ने बताए ।

कोरोनाको स्थिति भयावह हुनसक्ने अवस्था आए पुन लकडाउन हुनसक्ने समेत उनले बताए । “समयमै सचेतना अपनाऔँ, पुनः बन्दाबन्दी गर्नुपर्ने परिस्थिति नआओस्, संक्रमणको गति जसरी पनि रोक्नुपर्छ”, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले निर्धारण गरेका सुरक्षाका उपाय र निर्देशनको पूर्ण पालना गर्नुपर्नेमा जोड दिँदै उनले भने ।

Advertisement

उनले निजी क्षेत्रसँग सरकार सहकार्य गर्न भने सधै तयार रहेको बताए । व्यापार असन्तुलन घटाउनेतर्फ वर्तमान सरकार गम्भीर भएर लागेको भन्दै उनले व्यापार घाटा घटाउन उल्लेखनीय सफलता प्राप्त नभए पनि त्यसमा क्रमिक सुधार आएको बताए ।

प्रतिक्रिया