पत्रकार महासंघ नुवाकोटको निर्वाचन रद्द गर्न उजुरी
नुवाकोट । प्रेस चौतारी नेपाल, जनपत्रकार संगठन र स्वतन्त्र उम्मेदवारले तीन तहको मतदान मध्ये जिल्लाको मतदानका क्रममा मतपत्रमा संकेत राखेर मतदान गराइएकाले त्यो बदर हुनुपर्ने माग गर्दै निर्वाचन समितिमा उजुरी दिएका छन् ।
उम्मेदवारहरु अध्यक्ष पदका नारायणप्रसाद नेपाल, उपाध्यक्ष पदका नवदीप श्रेष्ठ, महिला उपाध्यक्ष रुपा अर्याल, स्वतन्त्र रुपमा कोषाध्यक्ष पदमा उम्मेदवारी दिएकी गमला लामा र केन्द्रीय परिषद सदस्य पदका देवचन्द्र भट्टद्वारा हस्ताक्षरित छुट्टाछुट्टै निवदेनमा भनिएको छ “निर्वाचनको मतदान प्रक्रियासम्म आईपुग्दा निर्वाचनलाई सौहर्दरुपमा सम्पन्न निर्वाचन आयोगलाई सहयोग गर्दै निर्वाचन प्रक्रियामा सामेल भएका थियौ।
उम्मेदवारको अन्तिम नामावली प्रकाशन पश्चात नमुना मतपत्र समेत उपलब्ध नगराई भएको प्रक्रियामा महासंघको जिल्ला कार्यसमिति र केन्द्रीय परिषद सदस्य पदको मतपत्रमा निर्वाचन कार्यविधी तथा आचारसंहिता नियम विपरित मतपत्र क्रम नम्बर उल्लेख गरिएको र अर्धकट्टी समेत नष्ट गरिएको पाईएको नियम बिपरित भएको मतदान तथा निर्वाचन कार्य रद्द गर्नको लागि दावी प्रमाणसहित यो निवेदन पेश गरिएको छ।”
उजुरी पत्र


- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












विदुर १३ वडा कार्यालय नयाँ भवनबाट सञ्चालनमा
रसुवागढी जलविद्युत् आयोजनाको विद्युत् उत्पादन बन्द
नवीकरण नगर्ने ४४ निर्माण कम्पनीको इजाजतपत्र स्वतः खारेज
कतारका पूर्व अमिर अल थानीको निधन
माइतीघरमा सुकुम्बासीहरूको प्रदर्शन जारी





प्रतिक्रिया