काठमाडौंको फोहोर आजदेखि उठ्ने
विदुर खबर
२०७७ चैत २० गते १२:५४
नुवाकोट । एक हप्तादेखि नउठेको काठमाडौं उपत्यकाको फोहोर शुक्रबारदेखि उठ्ने भएको छ ।
काठमाडौं महानगरपालिका र आन्दोलनरत पक्षबीच शुक्रबार विहान मागहरुको सुनवाई गर्ने र फोहोर उठाउन दिने सहमति भएको महानगरपालिका वातावरण विभाग प्रमुख हरिकुमार श्रेष्ठले जानकारी दिए ।
सिसडोलको फोहोरमैला प्रभावित क्षेत्र शिक्षक व्यवस्थापन संघर्ष समिति र स्थानीय बसिन्दाहरुले विभिन्न माग राख्दै चैत १३ गतेदेखि सडकमा विरोध प्रदर्शन गरी फोहोर बिसर्जनमा अवरोध गर्दै आएका छन् ।
आजै सहमतिको मस्यौदा तयार गरेर हस्ताक्षर गर्ने र फोहोर बोकेका गाडीलाई मध्यान्हबाटै सिसडोलमा जान दिने गरी सहमति भएको श्रेष्ठले बताए ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












टक्सार पिखुवा खोला हाइड्रोपावरको आईपीओ बाँडफाँट
नुवाकोट आदर्श बहुमुखी क्याम्पसको जर्नल सार्वजनिक
सुकुम्बासी परिवारलाई पुनर्स्थापना खर्चबापत एकमुष्ट २५ हजार दिइने
गोसाईंकुण्डमा गंगादशहरा मेला सुरु
विदुर १२ पन्थगाउँमा खुकुरी प्रहार गरि एकजना घाइते





प्रतिक्रिया