देशले विकल्प खोजेको छ: नेता पौडेल

विदुर खबर २०७७ चैत २० गते ८:२१

नुवाकोट । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री नवीन्द्रराज जोशीको स्वर्गारोहणको सातौं पुण्य तिथिमा अस्तु विसर्जन गरिएको छ । स्व. जोशीको अस्तु बिहीबार तनहुँको पवित्र धार्मिक स्थल देवघाटधाममा विसर्जन गरिएको छ ।

Advertisement

नेता जोशीकी आमाको अनुरोधअनुरूप अस्तु देवघाटधाममा विसर्जन गरिएको नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले बताउनुभयो । नेता जोशीको निधनले नेपालीहरू र कांग्रेस पार्टीलाई अपूरणीय क्षति पुगेको पौडेलले बताउनुभयो । नेता जोशीले वर्तमान राजनीति र परिस्थितिको संघर्ष गरी देशका विषयमा धेरै चिन्तन गर्ने व्यक्ति भएको बताउनुभयो ।पार्टी र जनताको विषयमा गम्भीर चिन्तनशील भएकाले उहाँको मस्तिष्क घात हुन पुगेको उहाँको भनाइ छ । जोशी पार्टीका लागि अनुकरणीय पात्र भएको उहाँले बताउनुभयो । ‘नवीन्द्रराज जोशीले देशमा आएको संकटबाट जोगाउन डटेर लड्नुभएको उदाहरणीय व्यक्तित्व हुनुहुन्छ’, उहाँले भन्नुभयो– ‘जोशीका देशलाई बचाउने दीर्घकालीन सपना पूरा गर्नमा जनता र हामी कांग्रेसको कर्तव्य हो ।’

प्रतिक्रिया