शिवपुरीमा विकाससँगै खेल क्षेत्रले भड्को मा¥यो : डा रामशरण महत

विदुर खबर २०७७ चैत १९ गते ८:४४

नुवाकोट । नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा पुर्व अर्थमन्त्रि डा. रामशरण महतले शिवपुरी गाउँपालिकामा अन्य क्षेत्रको विकाससँगै खेल क्षेत्रले पनि महत्वपूर्ण फड्को मारेको बताएका छन् ।

Advertisement

बुधवार शिवपुरी गाउँपालिकाको वडा नं. ७ सुनखानीमा अन्तरपालिका स्तरीय शिवपुरी अध्यक्ष गोल्डकप फुटबल प्रतियोगिताको उद्घाटन कार्यक्रममा बोल्दै डा. महतले सो कुरा बताएका हुन् ।

कार्यक्रममा बोल्दै डा. महतले गाउँपालिकाहरुले आफै मैदान निर्माण गरेर प्रतियोगिताको सफल आयोजना गर्नु ठुलो उपलब्धी भएको बताए । उनले यस्तो प्रतियोगिता आयोजना गर्नाले सबै स्थानीय तहबीच थप मैत्रीपूर्ण सम्बन्ध कायम हुने समेत उल्लेख गरे ।

Advertisement

फरक प्रसंगमा डा. महतले बर्तमान सरकारका प्रधानमन्त्रि के.पी शर्माओलिमा तानाशाही प्रवृति देखिएको भन्दै सबैले मिलेर प्रतिकार गर्नुपर्ने बताए ।

प्रतिक्रिया