गेर्खुमा राप्रपाको कार्यसमिति गठन

विदुर खबर २०७७ चैत १८ गते १८:१२

नुवाकोट । नुवाकोटको विदुर नगरपालिका वडा नम्बर ११ गेर्खुमा रााष्ट्रिय प्रजातन्त्र पार्टीको कार्य समिति चयन गरिएको छ ।

Advertisement

बुधवार पार्टीका केन्द्रिय कार्य सम्पादन समितिका सदस्य झनक प्याकुरेलको प्रमुख आथित्यतामा भएको भेलाले हेमप्रसाद न्यौपानेको नेतृत्वमा २५ सदस्यीय कार्यसमिति चयन गरेको हो ।


समितिको उपाध्यक्षमा नमराज प्याकुरेल, प्रेम बहादुर र महिला उपाध्यक्षमा सुमित्रा प्याकुरेल चयन भएका छन् । यस्तै सचिवमा दिपवहादुर प्याकुरेल, कोषाध्यक्षमा ढगप्रसाद न्यौपाने र सहसचिवमा सुर्य विक चयन भएको नवनिर्वाचित अध्यक्ष हेमप्रसाद न्यौपानेले जानकारी दिए ।

Advertisement

यस्तै समितिका सदस्यहरुमा झनक प्याकुरेल, रविन कुमार श्रेष्ठ, रामराजा प्याकुरेल, डिलवहादुर प्याकुरेल,उमा प्याकुरेल,रामकृष्ण प्याकुरेल, धनकुमारी तिम्सिना र हरिवहादुर मिजार रहेका छन् ।

त्यस्तै अन्य सदस्यहरुमा कृष्णवहादुर तामाङ,भोज वहादुर न्यौपाने,भोजप्रसाद न्यौपाने, कृष्णवहादुर न्यौपाने, पशुपति गिरी, लिला वहादुर प्याकुरेल, प्रकाश तिम्सिना, भिम प्रसाद न्यौपाने, राधिका नेपाल र लालवहादुर तामाङ रहेका छन् ।

Advertisement

निर्वाचित कार्यसमितिलाई पार्टीका केन्द्रिय कार्य सम्पादन समितिका सदस्य झनक प्याकुरेलले वडामा पार्टीका विभिन्न भातृ संगठन विस्तार र पार्टीको गतिविधि दुत्र गतिमा बढाई आका्रमक रुपमा सदस्यता विस्तार गर्न आग्रह गरेका थिए ।

प्रतिक्रिया