नुवाकोटमा दुई करोड ६९ लाख ४० हजार ८९५ राजश्व संकलन, चार हजार ९ सय ६८ राहदानी वितरण

विदुर खबर २०७५ साउन १२ गते २:०६

नुवाकोट,  जिल्ला प्रशासन कार्यालय गत आर्थिक वर्षमा झण्डै रु पौने तीन करोड राजश्व असुल गर्न सफल भएको छ कार्यालयले आव २०७४÷७५ मा रु दुई करोड ६९ लाख ४० हजार ८९५ राजश्व संकलन गरेको जनाएको छ ।

Advertisement

शुक्रबार सार्वजनिक विवरणअनुसार प्रशासन कार्यालयले सबैभन्दा बढी राहदानीबाट राजश्व असुल गरेको छ । चार हजार ९६८ राहदानी वितरण गरेको जिप्रकाले राहदानीवापत रु दुई करोड ६० लाख दुई हजार ५०० राजश्व संकलन गरेको छ । प्रशासनले दु्रत सेवाका लागि चार हजार पाँच राहदानीका लागि सिफारिससमेत गरेको छ ।

एक वर्षमा झण्डै नौ हजार जनाले राहदानी बनाएका छन् । जिप्रकाले अन्य राजश्व भने संस्था दर्ता, संस्था नवीकरण, हातहतियार नामसारी तथा नवीकरण, प्रशासनिक दण्ड जरिवाना, परीक्षा दस्तुर, बेरुजु असूली, न्यायिक दण्ड जरिवानालगायतबाट राजश्व उठाएको प्रशासकीय अधिकृत नन्दलाल शर्माले जानकारी दिनुभयो । जिप्रकालले गत वर्ष आठ हजार ९८५ नागरिकता वितरण गरेको छ । यस्तै चार हजार ९७३प्रतिलिपि नागरिक पनि वितरण गरिएको छ । वैवाहिक अंगीकृत नागरिक पाँच वटा वितरण भएको छ ।

Advertisement

यस्तै ५४ संस्था दर्ता भएको छ भने १२६ वटाको नवीकरण भएको छ । एक सय ६० जनाको नाबालक परिचयपत्र वितरण भएको तथा चार हजार ५५१ वटा सिफारिश भएको छ । यसैबीच गत आवमा बाढी पहिराबाट १२ घरमा क्षति पुगेको तथा एक घरमा आगलागी भएको जिप्रकाले जनाएको छ । पहिरो र आगोले क्षति भएका घरधनीलाई रु एक लाख २६ हजार राहत प्रदान गरिएको थियो ।

प्रतिक्रिया