प्रधानमन्त्री–सभामुख भेट : गतिरोध अन्त्यको अपेक्षा
नुवाकोट । प्रधानमन्त्री केपी शर्मा ओली र सभामुख अग्निप्रसाद सापकोटाबीच आइतबार दिउँसो भएको भेटघाटले संसदमा केही समययता देखिएको गतिरोध अन्त्य हुने अपेक्षा गरिएको छ ।
यद्यपि सत्तापक्ष र विपक्षी दलका प्रमुख सचेतकहरु आइतबारकै भेटवार्ताबाट गतिरोध अन्त्य भइहाल्ने कुरामा अझै विश्वस्त हुन सकेका छैनन् ।
तीन सातायतादेखि प्रतिनिधिसभाले ‘बिजनेस’ अगाडि बढाउन नसक्ने र नयाँ ‘बिजनेस’ पनि नपाउने अवस्था सामना गरिरहेको बेला प्रधानमन्त्री ओली र सभामुख सापकोटाबीच भएको भेटलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।
आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म भएको ‘वान टु वान’ भेटमा यही विषयमा छलफल भएको प्रधानमन्त्री ओलीका प्रेस सल्लाहाकार सूर्य थापाले जानकारी दिए ।
‘संसदमा बिजनेस नभएको होइन, सरकारले बिजनेस नदिएको पनि होइन । तथापि संसदलाई गति दिने विषयमा समस्या थिए । ती विषयमै उहाँहरुबीच कुरा भएको छ’ थापाले भने ।
सभामुख सापकोटाका सञ्चारविज्ञ श्रीधर न्यौपानेले पनि प्रधानमन्त्री र सभामुखबीच संसदमा विचाराधीन विधेयकहरुलाई अघि बढाउने र संसद सञ्चालनको समग्र विषयमा छलफल भएको बताए ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












अब दुई दिन सरकारी बिदा
नुवाकोटमा स्कुटर र्दुघटना हुँदा एक जनाको मृत्यु
रेग्मीको ‘अक्षरमा अनुभूति’ मुक्तक संग्रह लोकार्पण
कलाकार सागर लम्साल (बले) पक्राउ
आज धेरै ठाउँमा हावाहुरीको सम्भावना





प्रतिक्रिया