प्रधानमन्त्री–सभामुख भेट : गतिरोध अन्त्यको अपेक्षा

विदुर खबर २०७७ चैत १५ गते २०:१२

नुवाकोट । प्रधानमन्त्री केपी शर्मा ओली र सभामुख अग्निप्रसाद सापकोटाबीच आइतबार दिउँसो भएको भेटघाटले संसदमा केही समययता देखिएको गतिरोध अन्त्य हुने अपेक्षा गरिएको छ ।

Advertisement

यद्यपि सत्तापक्ष र विपक्षी दलका प्रमुख सचेतकहरु आइतबारकै भेटवार्ताबाट गतिरोध अन्त्य भइहाल्ने कुरामा अझै विश्वस्त हुन सकेका छैनन् ।

तीन सातायतादेखि प्रतिनिधिसभाले ‘बिजनेस’ अगाडि बढाउन नसक्ने र नयाँ ‘बिजनेस’ पनि नपाउने अवस्था सामना गरिरहेको बेला प्रधानमन्त्री ओली र सभामुख सापकोटाबीच भएको भेटलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

Advertisement

आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म भएको ‘वान टु वान’ भेटमा यही विषयमा छलफल भएको प्रधानमन्त्री ओलीका प्रेस सल्लाहाकार सूर्य थापाले जानकारी दिए ।

‘संसदमा बिजनेस नभएको होइन, सरकारले बिजनेस नदिएको पनि होइन । तथापि संसदलाई गति दिने विषयमा समस्या थिए । ती विषयमै उहाँहरुबीच कुरा भएको छ’ थापाले भने ।

Advertisement

सभामुख सापकोटाका सञ्चारविज्ञ श्रीधर न्यौपानेले पनि प्रधानमन्त्री र सभामुखबीच संसदमा विचाराधीन विधेयकहरुलाई अघि बढाउने र संसद सञ्चालनको समग्र विषयमा छलफल भएको बताए ।

प्रतिक्रिया