वाईसीएल नुवाकोटको कार्यसमिति विस्तार

विदुर खबर २०७७ चैत ११ गते २०:०७

नुवाकोट । माओवादी केन्द्रको युवा संगठन योङ्ग कम्युनिष्ट लिग (वाईसीएल) नुवाकोटको कार्यसमिति विस्तार गरिएको छ ।

Advertisement

बुधवार माओवादी केन्द्र नुवाकोटका अध्यक्ष हिरानाथ खतिवडा, वाईसीएल नुवाकोटका संयोजक दिनेश बोगटीको अध्यक्षतामा वसेको बैठकले जिल्ला कार्यसमिति, नुवाकोट–काठमाण्डौ सम्पर्क कमिटि र विभिन्न पालिकाहरुको इन्चार्ज चयन गरेको हो । गठन गरिएको जिल्ला कार्यसमिति ६४ सदस्यीय रहेको वाईसीएल नुवाकोटका संयोजक दिनेश बोगटीले जानकारी दिए ।

बैठकले नुवाकोट–काठमाण्डौ सम्पर्क कमिटिको संयोजकमा भैरव कार्कीलाई चयन गरेको छ । यस्तै बैठकले विदुर नगरपालिकाको इन्चार्जमा धिरज विक र संयोजकमा आश्विन खड्कालाई जिम्मेवारी दिएको छ ।

Advertisement

यस्तै बेलकोटगढी नगरपालिकाको इन्चार्जमा मनोज गुरुङ र संयोजकमा अमर तामाङ चयन भएका छन् । त्यस्तै तारकेश्वर गाउँपालिकाका् इन्चार्जमा मनोज अधिकारी र संयोजकमा धनसिंङ तामाङ रहेका छन् । त्यस्तै म्यागङ गाउँपालिकाका इन्चार्जमा मैसिङ तामाङ र संयोजकमा सरोज तामाङ रहेका छन् ।


त्यस्तै किस्पाङ गाउँपालिकाको इन्चार्जमा विक्रम घलेलाई जिम्मेवारी दिँदा संयोजकको जिम्मा जितवहादुर तामाङलाई दिइएको छ । यस्तै सुर्यगढी गाउँपालिकाको इन्चार्जमा दिनेश अधिकारी र संयोजकमा रविन्द्र तामाङ चयन भएका छन् । यस्तै तादी गाउँपालिकाको इन्चार्जमा अमन घले र संयोजकमा दिपक तामाङ चयन भएका छन् । त्यस्तै दुप्चेश्वर गाउँपालिकाको इन्चार्जमा कर्ण तामाङ र संयोजकको जिम्मा उमेश पण्डितलाई दिइएको छ ।

Advertisement


बैठकले शिवपुरी गाउँपालिकाको इन्चार्जमा मुकुन्द थापा र संयोजकमा बुद्धिमान तामाङलाई जिम्मा दिएको छ भने ककनी गाउँपालिकाको इन्चार्जमा मिलन लामा र संयोजकको जिम्मा जमन गजुरेललाई दिएको छ । त्यस्तै पन्चकन्या गाउँपालिकाको इन्चार्जमा अनिल तामाङलाई दिँदा संयोजकको जिम्मेवारी गणेश गजुरेलले पाएका छन् । त्यस्तै लिखु गाउँपालिकाको इन्चार्जमा सुमन भण्डारीले जिम्मेवारी पाउँदा जयराम ढकालले संयोजकको जिम्मा पाएका छन् ।


बैठकले संगठनलाई चलायमान गराउनका लागि भन्दै टोल कमिटीदेखि जिल्लास्तरस्य भेलाहरु आयोजना गर्ने र राष्ट्रिय भेलाका प्रतिनिधिहरु पठाउने निर्णय गरेको छ । यसअघि सर्वोच्च अदालतले माउ पार्टी ब्यूँताएपछि काठमाडौंमा चैत्र ४ र ५ गते बसेको वाईसीएल नेपाल केन्द्रीय समितिको चौथो पूर्ण बैठकले नुवाकोटमा वाईसीएल इन्चार्जको जिम्मा प्रकाश लामा र संयोजकको जिम्मा दिनेश बोगटीलाई दिएको थियो ।


यसअघि भेलालाई सम्बोधन गर्दे माओवादी केन्द्र नुवाकोटका अध्यक्ष हिरानाथ खतिवडाले मुलुक गम्भीर संकटतर्फ उन्मुख रहेको भन्दै सबै बामपन्थी घटकहरु एकजुट भएर अघि बढ्नुपर्ने बताएका थिए ।

भेलालाई सम्बोधन गर्दे माओवादी केन्द्र नुवाकोटका अध्यक्ष हिरानाथ खतिवडा ।


कार्यक्रममा माओवादी केन्द्रका बाग्मति प्रदेश सचिवालय सदस्य पुष्प लामिछाने,रामप्रसाद ढुङ्गाना, नेतृ शुभद्रा नेपाल लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया