जिपि काेईराला फाउन्डेसन नुवाकोटले मनायाे ११ स्मृति दिवस

विदुर खबर २०७७ चैत ८ गते ७:३७

नुवाकोट । गिरिजाप्रसाद कोईराला फाउन्डेसन नुवाकोटको आयोजनामा ११ औ स्मृति दिवसको अवसरमा दिप प्रज्वलन गरिएको छ ।

Advertisement

फाउन्डेसनको नुवाकोट अध्यक्ष रमेशकुमार पाठकको अध्यक्षतामा नुवाकोटको लिखु गाउँपालिका वडा नम्बर १ महादेव मन्दिर परिषरमा दिपावली गरिएको हो । कार्यक्रमका प्रमुख अतिथि नेपाली कांग्रेसका युवा नेता पुर्व जिल्ला सचिव तथा महासमिति सदस्य रमेशकुमार महत,महासमिति सदस्य डिल्लीप्रसाद ढकाल ,मन्जु केसि जिल्ला, जिल्ला समन्वय समिति नुवाकोटको प्रमुख सन्तमान तामाङ , नेपाली कांग्रेस नुवाकोट क्षेत्र नम्बर १ को क्षेत्रीय सभापति एंव लिखु गाउँपालिका अध्यक्ष धुर्व श्रेष्ठ ,तादी गाउँपालिकाका अध्यक्ष नारायणप्रसाद पाण्डे। नेपाली कांग्रेस नुवाकोटका पुर्व जिल्ला सहसचिव दिपक लामा ,नेविसंघ क्षेत्रीय अध्यक्ष एंव महाधिवेशन प्रतिनिधि कृष्ण मिश्र ,सुर्यगढि गापा उपाध्यक्ष मन्जु बुडाथोकि ,नेपाली कांग्रेस लिखुका अध्यक्ष विनोद पाठक ज्यु , तरुणदल नुवाकोटको सचिव सुवन गिरि , नेपालि कांग्रेस नुवाकोटको संगठन बिभाग सचिव जगदिश कुईकेल , तरुण नेताहरु संखर प्याकुरेल शरण घले सुन्दर श्रेष्ठ सुमन डंगोल प्रदिप कार्कि ,वडा १ का अध्यक्ष नरहरि पाण्डे ,फाउन्डेसनका जिल्ला सचिव पुरषोतम खड्का ,कोषाध्यक्ष भवानि देवकोटा ,त्यस्तै गरि महिला नेत्तृहरु शुभद्रा अधिकारी ,अन्जु पाण्डे ,सोभा ढुङ्गाना ,सरस्वती मल्ल ,बिद्यार्थी नेताहरु केवल ढकाल, अभियान आचार्य लगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रमा युवा नेता रमेश महतले गिरिजा बावुले लिनुभएको वाटो सहमति सहकार्य एकता नै आजको नेपालको राजनीतिको आवाश्यक्ता भएको बताए । उनले नेपाली कांग्रेस पार्टीले यसैको आधारमा पार्टी र सरकारलाई अगाडि बढाउनु पर्ने उल्लेख गरे । उनले चौधौ महाधिवेशनमा नेपाली कांग्रेस नुवाकोटलाई एक ढिक्का वनाएर सर्वसंम्मत नेत्तृत्व दिनुपर्नेमा जोडदिए ।

Advertisement

प्रतिक्रिया