बिदुर नगरपालिकाको संक्षिप्त परिचय
नुवाकोट । यस नगरपालिका काठमाण्डौं उपत्यका देखि उत्तर पश्चीम ६९ कि.मि. दुरीमा अवस्थित रहेको छ ।
नुवाकोट जिल्लाको सदरमुकाम बिदुरको नामवाट परिचित यस नगरपालिका १३०.०१ वर्ग कि.मि. क्षेत्रफलमा फैलिएको छ। यो नगरपालिका समथर मैदान तथा पहाडी डाडाँकाडाँ मिलेर वनको छ । १३ वडामा विभाजित यस नगरपालिका साविक विदुर नगरपालिका, चारघरे, तुप्चे, गेर्खु, कल्याणपुर गा.वि.स.का सम्पूण भाग र साविक खड्गभन्ज्याङ्ग गा.वि.स.को ४ देखि ९ नं. वडा मिलेर गठन भएको हो ।
पूर्वमा सूर्यगढी र लिखु गाउँपालिका, पश्चिममा मेघाङ र तारकेश्वर गाउँपालिका, उत्तरमा किस्पाङ गाउँपालिका र रसुवा जिल्ला र दक्षिण सिमानामा बेल्कोटगढी नगपालिका पर्दछ। प्रख्यात साततले दरवारका साथै मल्लकालिन पुरातात्विक दरवार र प्रसिद्ध भैरवी मन्दिर, जालपा देवी मन्दिर लगायतका स्थलहरू समेटिएको यो नगरपालिका ऐतिहासिक धरोहरको धनि मानिन्छ ।
जिल्लाको सदरमुकाम नुवाकोटलाई विदुरमा सार्नु पूर्व यस नगरपालिका भित्र पर्ने ऐतिहासिक नुवाकोट वजार ईतिहासमा पश्चीम १ नं. (नुवाकोट, धादिङ्ग र रसुवा ) को सदरमुकाम थियो भने पश्चीम १ नं. गौडाको पुरानो व्यापारिक केन्द्र सांघुवजार (हालको त्रिशुली वजार) पनि यस नगरपालिका भित्रको १ नं. वडामा पर्दछ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना











आज वैशाख कृष्ण औँसी, आमाको मुख हेर्ने दिन
नुवाकोटको दुप्चेश्वरमा वैशाख १८ गते ग्लानको राष्ट्रिय सम्मेलन हुने
हेटौंडामा घरमै पुगेर दिइयो राहदानी
प्रधानमन्त्रीलाई मुख्यमन्त्री बानियाँको सुझाव, गाँजा खुला गरौं
डिजेल र मट्टीतेलको मूल्य ३० रुपैयाँले बढ्यो, पेट्रोल बढेन





प्रतिक्रिया