कोरोनाविरुद्धको खोप अभियान स्थगित
नुवाकोट । सरकारले कोरोना भाइरसविरुद्धको खोप अभियान हालका लागि स्थगित गरेको छ ।
स्वास्थ्य मन्त्रालयअन्तर्गत इन्सिडेन्ट कमाण्ड सिस्टमको (आईसीएस) बैठकले खोप उपलब्ध नहुञ्जेलका लागि खोप अभियान स्थगित गर्ने निर्णय गरेको हो । बुधवारदेखि ५५ वर्षमाथिका नागरिकलाई खोप दिने कार्यक्रम रहेकोमा खोप उपलब्ध नहुञ्जेलका लागि स्थगित गरेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिनुभयो । स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता गौतमले खोप उपलब्ध हुनासाथ सूचना दिएर अभियान सुरु गर्ने बताउनुभयो ।
अग्रिम भुक्तानी गरेको खोप आधा मात्रै आएको र कोभ्याक्स सुविधाको खोप पनि लक्ष्यअनुसार नआएको तथा खोप आउने सुनिश्चित नभएपछि अहिलेलाई खोप अभियान स्थगित गर्ने निर्णयमा पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
गएकाे माघ १४ गतेदेखि सुरु भएको खोप अभियान विभिन्न चरणमा गरी मङ्गलवार (हिजो) सम्म चलेको थियो । अभियानअन्तर्गत हालसम्म १६ लाख ४४ हजार पाँच सय ५८ जनाले कोरोनाविरुद्धको खोपको पहिलो मात्रा लगाएकाे स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
अभियानमा स्वास्थ्यकर्मी, सफाइकर्मी, शव व्यवस्थापक, महिला स्वास्थ्य स्वयंसेविका, पत्रकार, जनप्रतिनिधि, अग्रभागमा काम गर्ने कर्मचारी, ६५ वर्षमाथिका नागरिक लगायतले खोप लगाएका छन् ।
यसैबीच खोप अभियानको पहिलो चरणअन्तर्गत माघ १४ गतेदेखि फागुन १० गतेसम्म खोप लगाएकालाई दोस्राे मात्रा खोप आउँदो वैशाख ७ गतेदेखि ११ गतेसम्म दिने निर्णय गरेको प्रवक्ता जागेश्वर गौतमले जानकारी दिनुभयो ।
दोस्राे चरणअन्तर्गत फागुन २३ गतेदेखि हिजोसम्म खोप लगाएकालाई दाेस्राे मात्रा खोप दिने मिति भने खोप प्राप्त भएपछि मात्र तय गर्ने उहाँले जानकारी दिनुभयो ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












सरकारी कर्मचारीको तलबमा २१ प्रतिशत वृद्धि
दुप्चेश्वरको एक सामाजिक संस्थालाई खड्काको सहयोग
आज १९ औँ गणतन्त्र दिवस, देशभर भव्य रूपमा मनाइँदै
गुर्जेभन्ज्याङमा ईभी कार र्दुघटना, तीनजना घाइते
कर्मचारीको तलब २५ प्रतिशतसम्म बढ्ने संकेत





प्रतिक्रिया