गंगटेकी एक महिलाद्धारा आत्महत्या
विदुर खबर
२०७७ चैत १ गते २०:५२

नुवाकोट । नुवाकोटको विदुर नगरपालिका वडा नम्बर ५ गंगटेकी एक महिलाले झुन्डिएर आत्महत्या गरेकी छिन् ।
आत्महत्या गर्नेमा गंगटेकी करिव ४० वर्षिय लक्ष्मी सेढाई रहेको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।
उनलाई विदुर नगरपालिका वडा नम्बर ५ गंगटेपार्क मुनि रहेको बाह्रविसे फाँटमा झुन्डिएको अवस्थामा फेला पारिएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ । मानसिक रोगको औषधी सेवन गरिरहेकी उनको आत्महत्याको कारण भने खुल्न बाँकी रहेको छ ।
घटनाको अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।
सम्बन्धित
प्रतिक्रिया