माधव नेपाल पक्षको निष्कर्ष : ओलीको निर्णय मान्न सकिन्न
विदुर खबर
२०७७ फागुन २८ गते २०:४३

नुवाकोट । नेपाल कम्युनिस्ट पार्टी (एमाले)को माधव नेपाल पक्षको स्थायी कमिटीको बैठकले पार्टीका अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली पक्षको केन्द्रीय कमिटी बैठकका निर्णय मान्न नसकिने निष्कर्ष निकालेको छ।
नयाँबानेश्वरस्थित अर्याल होटलमा भएको बैठकले यस्तो निष्कर्ष निकालेको उक्त पक्षका नेता रघुजी पन्तले जानकारी दिए। ‘ओलीको निर्णय मान सकिन्न। ओली पक्षले गरेको निर्णय पार्टी विधान र विधिविपरीत छ।
यसले पार्टीलाई विभाजनतिर लैजान्छ,’ नेता पन्तले भने, ‘केन्द्रीय कमिटी बैठक राखिएको छैन। त्यो (ओली पक्षको) निर्णय मान्दैनौँ।’
सम्बन्धित
प्रतिक्रिया