कैलालीमा एमालेका दुई समूहका कार्यकर्ताबीच कुटाकुट
नुवाकोट । कैलालीको धनगढीमा नेकपा एमालेका केपी शर्मा ओली र माधव नेपालपक्षबीच विवाद हुँदा कुटाकुट भएको छ।
प्रदेश पार्टी कार्यालयमा इन्चार्जको नामका विषयमा विवाद हुँदा बुधबार दिउँसो अध्यक्ष केपी शर्मा ओली र नेता माधवकुमार नेपाल पक्षका कार्यकर्ताबीच कुटाकुट भएको हो। एमालेको प्रदेश कार्यालय रहेको भवनमा एमालेको ब्यानर टाँस्ने कार्यक्रम थियो।
नेपाल पक्षधर समूह बिहानै पुगेर त्यहाँ आफूले छापेर ल्याएको ‘नेपाल कम्युनिष्ट पार्टी ९एमाले० सुदूरपश्चिम प्रदेश कार्यालय’ लेखेको ब्यानर टाँसेका थिए।
दिउँसो ओली पक्षका नेतारकार्यकर्ता अर्को ब्यानर लगेर त्यहाँ पुगे। उनीहरूले नेपाल पक्षले टाँसेको ब्यानर हटाएर आफूले छापेको ब्यानर टाँसे। ओली समूहका कार्यकर्ताहरुले भीम रावलको नेम प्लेट समेत तोडफोड गरेका थिए ।
त्यसलगत्तै रावल पक्षका कार्यकर्ता आएर ओली पक्षले राखेको बोर्ड र नेम प्लेट हटाएका थिए । त्यस क्रममा दुवै पक्षबीच भनाभन र झडप समेत भएको हो । झडपलगतै प्रहरीले हस्तक्षेप गरेर स्थितिलाई नियन्त्रणमा लिएको छ । अहिले प्रदेश कार्यलय प्रहरीको कब्जामा छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













सुदन गुरुङ नै भन्न थाले–निर्वाचन हुन्न !
७ जिल्लाका सीडीओ फेरिए
ओली बाहेक एमालेका सबै नेता हाम्रोमा आउँछन्ः
एक करोड रुपैयाँ संकलन गर्दै महायज्ञ सम्पन्न
वामदेव गौतम नेतृत्वको पार्टी खारेज





प्रतिक्रिया