जनतालाई हित हुनेगरी कांग्रेसले निर्णय लिन्छ : महामन्त्री कोइराला
नुवाकोट । नेपाली कांग्रेसका महामन्त्री डा शशाङ्क कोइरालाले पार्टी र जनतालाई हित हुनेगरी कांग्रेसले निर्णय लिने बताउनुभएको छ ।
नेपाल डेमोक्रेटिक लयर्स एशोसियशनले आयोजना गरेको ‘वर्तमान राजनीतिक अवस्था र नेपाली कांग्रेसको भूमिका’ विषयक विचार गोष्ठीमा उहाँले कांग्रेस संवेदनशील भएर अगाडि बढ्ने बताउनुभएको हो । “कांग्रेस कम्युनिष्ट पार्टीको नेतृत्वमा सरकारमा जाँदैन”, उहाँले भन्नुभयो । सर्वोच्च अदालतले संसद् विघटनको विषयमा गरेको फैसला कांग्रेसलाई स्वागतयोग्य भएको उहाँको भनाइ थियो ।
कांग्रेसका सहमहामन्त्री डा प्रकाशशरण महतले कांग्रेस प्रतिनिधिसभाको निर्वाचन गराउनका लागि सरकारमा जानुपर्ने बताउनुभयो । कांग्रेस केन्द्रीय सदस्य एवं पूर्व अर्थमन्त्री डा रामशरण महतले नेपाल कम्युनिष्ट पार्टी विधिवत रुपमा नफुटेसम्म कांग्रेस सरकारमा जान नहुने बताउनुभयो ।
केन्द्रीय सदस्य डा मीनेन्द्र रिजालले संविधानले दिएको अधिकारअनुरुप नै कांग्रेस संसद्मा प्रस्तुत हुने बताउनुभयो । कांग्रेस नेता दीपक खड्काले वर्तमान सरकारले लोकतन्त्र र संविधानलाई धरापमा पार्दै लगेको भन्दै यसको रक्षाका लागि कांग्रेस लाग्नुपर्ने उल्लेख गर्नुभयो । कांग्रेस केन्द्रीय सदस्य दीपक गिरी, पुष्पा भुसाल, ईश्वरी न्यौपाने, धनराज गुरुङ, एनपी साउदलगायतले नेकपाको आन्तरिक झगडाका कारण मुलुक सङ्कटमा परेको बताउनुभएको थियो ।
एशोसियशनका अध्यक्ष योगेन्द्र अधिकारीले कांग्रेसले सरकारमा जाने वा प्रतिपक्षमा बस्ने भन्नेबारे पार्टीभित्र व्यापक छलफल गरेर उचित निर्णय लिनुपर्ने बताउनुभयो ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












कलाकार सुनिल थापाको निधन
टी–२० विश्वकप आजदेखि, नेपाल सुपर–८ को खोजीमा
प्रथम वडास्तरीय मेयर कप फुटवल प्रतियोगिताको तयारी तिव्र
नुवाकोटको बेलकोटगढीमा एक जनाको हत्या,दुई जना पक्राउ
चुनावी तालमेल गर्न ओलीले राखे प्रस्ताव, दाहालले गरे अस्वीकार





प्रतिक्रिया