नुवाकोटमा ११ सय ४१ जना कोरोनामुत्त भएर घर फर्किए

विदुर खबर २०७७ फागुन २० गते २१:२२

नुवाकोट । नुवाकोटका एकहजार एक सय ४१ जना कोरोना संक्रमित कोरोनामुत्त भएर घर फर्किएका छन् ।

Advertisement

स्वास्थ्य कार्यालय नुवाकोटका अनुसार पछिल्लो २४ घण्टामा ५ जना कोरोना संक्रमित निको भएर घर फर्किएसँगै जिल्लामा कोरोनामुत्त भएर घर फर्कनेको संख्या एकहजार एक सय ४१ पुगेको हो । यससँगै नुवाकोटमा सक्रिय कोरोना संक्रमितको संख्या ३ पुगेको छ ।

नुवाकोटमा हालसम्म ९ हजार ३ सय ४१ जनाको पिसिआर परिक्षण गर्दा एक हजार एकसय ४५ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।

Advertisement

नुवाकोटमा हालसम्म कोरोनाको कारण एक महिलाको ज्यान गएको स्वास्थ्य कार्यालय नुवाकोटले जनाएको छ ।

प्रतिक्रिया