लिखु गाउँपालिकाका वडाध्यक्ष दलवहादुर राईको निधन

विदुर खबर २०७७ फागुन १६ गते ७:००

नुवाकोट । नुवाकोटको लिखु गाउँपालिका वडा नम्बर ४ का वडाध्यक्ष दलवहादुर राईको निधन भएको छ ।

Advertisement

लामो समयदेखि मृगौला रोगबाट पिडिति उनको शनिवार राती ललितपुरको सुमेरु अस्पतालमा निधन भएको उनका आफन्तले बताएका छन् ।

रााष्ट्रिय प्रजातन्त्र पार्टीबाट नुवाकोटमा वडाध्यक्षको रुपमा रहेका राई नुवाकोटका शान थिए । मिलनसार र लोकप्रिय भएकै कारण राप्रपाबाट जिल्लाकै एकमात्र निर्वाचित वडाध्यक्ष रहेका थिए । वडाध्यक्ष राईका ३ छोरो र ३ छोरी रहेका छन् ।

Advertisement

उनको पार्थिव शरीरलाई अन्तिम श्रद्धान्जलीका लागि घरमा राखिएको छ । विहान ८ बजे राप्रपा नुवाकोटले विशेष सम्मान दिएर दाहासंस्कार गर्ने कार्यक्रम छ ।

प्रतिक्रिया