नुवाकोटका सिडियो फेरिए

नुवाकोट । नुवाकोटका प्रमुख जिल्ला अधिकारी फेरिएका छन् ।
गृह मन्त्रालयले शुक्रवार ठुलो सङ्ख्यामा प्रमुख जिल्ला अधिकारी(प्रजिअ) गर्दा नुवाकोटका प्रमुख जिल्ला अधिकारी झंकनाथ ढकालको पनि सरुवा भएको हो । प्रजिअ ढकाललाई अध्यागमन विभाग कालिकास्थान काठमाण्डौमा काज सरुवा गरिएको छ । मन्त्रालयले नुवाकोटसहित रसुवा र धादिडका प्रमुख जिल्ला अधिकारीहरुको पनि सरुवा गरेको छ ।
यस्तै नुवाकोटमा नयाँ प्रमुख जिल्ला अधिकारीको रुपामा जीवनप्रसाद दुलाल आउने भएका छन् । उनी जिल्ला प्रशासन कार्यालय काठमाण्डौबाट सरुवा भएका छन् ।
नुवाकोटमा अवैध रुपमा खोला दोहन भइरहेको समयमा सिडियो ढकालले अवैध क्रसर बन्द गरि सर्वाेच्च अदालतको आदेश कार्यान्यन गरेर सबैको स्यावासी पाएका थिए । ढकालले समग्र नुवाकोटभर देखिएका समस्यालाई आफै पहल गरि कुशल प्रशासकको पहिचान दिएका थिए ।
पछिल्लो समय नुवाकोटका जनप्रतिनिधि र क्रसर संचालकले अवैध क्रसर बन्द गरेका ढकाललाई सरुवा गर्न विभिन्न शक्तिकेन्द्र धाएका थिए ।
प्रतिक्रिया