नुवाकोटको छहरे महोत्सवमा हेलिकप्टर चढेर गोसाइकुण्डको अवलोकन गर्न पाइने
विदुर खबर
२०७७ फागुन ११ गते ९:१७

नुवाकोट । नुवाकोटको लिखु गाउँपालिका छहरेमा आगामी फागुन १४ गतेदेखि २२ सम्म हुने लिखु–छहरे महोत्सवमा हेलिकप्टर चढेर गोसाइकुण्डको अवलोकन गर्न पाइने भएको छ ।
महोत्सवलाई मध्यनजर गरेर प्रभु हेलिकप्टरले छहरेदेखि गोसाइकुण्ड तथा नुवाकोट दरवारको अवलोकन गराउने प्रभु हेलिकप्पटरका राजेश डंगोलले बताए । हेलिकप्टरले गोसाइकुण्ड अवलोकनको लागि प्रतिव्यक्ति १५ हजार रुपैयाँ लिने बताएको छ । यस्तै हेलिकप्टरमार्फत नै नुवाकोट दरवार क्षेत्रको अवलोकन गर्न पाइने राजेश डंगोलले जानकारी दिए ।
विशेष गरि नुवाकोटमा आन्तरिक तथा बाह्य पर्यटन प्रवृद्धन गर्नको लागि महोत्सवमा हेलिकप्टर ल्याउन लागेको उनले बताए । महोत्सवको उद्घाटन दिन हेलिकप्टरले पुष्प गुच्छा गर्ने समेत बताइएको छ ।
सम्बन्धित
प्रतिक्रिया