बाग्मति प्रदेशस्तरीय फुटवल : धादिङ सेमिफाइनल प्रवेश

विदुर खबर २०७७ फागुन १० गते १२:३५

नुवाकोट । नुवाकोटको बट्टारमा जारी बाग्मति प्रदेशस्तरीय फुटवल प्रतियोगिता अन्र्तगत घरेलु टोली नुवाकोट युनाइटेड धादिङ समाजसँग स्तब्ध भएको छ ।

Advertisement

नुवाकोट आर्दश बहुमुखी क्याम्पसको खेल मैदानमा केहीवेर अघि सम्पन्न खेलमा नुवाकोट युनाइटेड धादिङ समाजसँग १–० गोल अन्तरले पराजित भएको हो । जितसँगै धादिङ समाज सेमिफाइनलमा प्रवेश गर्ने पहिलोे टिम बनेको छ ।

निकै प्रतिष्पर्धात्मक खेलको पहिलो हाफमा धादिङ समाजका तर्फबाट खेलको पहिलो हाफमा जितेन कडेलले गोल गर्दे टोलीलाई जित दिलाएका हुन् । त्यसपघि पाएको सबै अवसर दुबै टोेलीले खेर फाल्दा धादिङ समाजको लागि त्यही गोल जितका लागि पर्याप्त रह्यो ।

Advertisement

जितसँगै ७ अंकका साथ धादिङ समाज तालिकाको पहिलो स्थानमा रहदै सेमिफाइनल प्रवेश गर्न सफल भएको छ । पराजित भएसँगै घरेलु टोली नुवाकोट युनाइटेडको सेमिफाइनल प्रवेश गर्ने झिनो आशा भने कायमै छ ।

प्रतियोगिता अन्र्तगत आज हुने दोस्रो खेलमा सिन्धुली र दोलखाले प्रतिष्पर्धा गर्नेछन् ।

Advertisement

प्रतिक्रिया