नुवाकोटको सामारी दोभानमा अजैविक फोहोर छान्ने सेग्रिगेसन हाउस सञ्चालनमा
नुवाकोट । नुवाकोटको विदुर नगरपालिकाले अजैविक फोहोर छान्ने सेग्रिगेसन हाउस सञ्चालनमा ल्याएको छ ।
विदुर नगर हाम्रो शहर, सफा स्वच्छ राख्ने सबैको रहर भन्ने नाराका साथ वडा नम्बर ९ सामरी दोभानमा स्थापना गरि सेग्रिगेसन हाउस संचालनमा ल्याइएको छ । एकीकृत फोहोरमैला व्यवस्थापन कार्यक्रम अन्र्तगत ८० लाख रुपैयाँको लगानीमा सेग्रिगेसन हाउस निर्माण गरिएको नगरपालिकाका मेयर सञ्जु पण्डितले बताए । केन्द्रीय सरकारको विशेष अनुदान शिर्षकबाट प्राप्त ४० लाख रुपैयाँ र नगरपालिकाको ४० लाख रुपैयाँ गरी ८० लाख रुपैयाँ सेग्रिगेसन हाउस निर्माण गर्न खर्च भएको मेयर पण्डितले बताए ।
यस्तै नुवाकोटका प्रमुख जिल्ला अधिकारी झंकनाथ ढकालले नगरपालिकाबाट उत्पादित फोहोरलाई वर्गिकरण गरेर व्यवस्थापन गर्दा आयआर्जनको श्रोत बन्ने बताए । उनले फोहोरलाई मोहोरमा परिणत गर्न सबै लागिपनुपर्ने बताए । प्रजिअ ढकालले स्वच्छ वातारणले आफ्नो स्थानीय तहको पहिचान बदल्न सहयोग गर्ने उल्लेख गरे । परिवर्तनको प्रयासहरु निरन्तर रुपमा भइरहे पनि त्यसलाई दिगो रुपमा सञ्चालन गर्न चुनौति रहेको प्रमुख जिल्ला अधिकारी ढकालले बताए ।
यसअघि विदुर नगरपालिकाले केही महिना अघि नै रङमा आधारित वर्गिकरण र बारमा आधारित सङ्कलन प्रणाली विकास गरेको छ । तर यो प्रक्रियालाई स्थानीयले कार्यान्वयन गर्न सकेको छैन । विदुर नगरपालिकामा दैनिक १४ टन फोहोर उत्पादन हुने गरेको छ । त्यसमध्ये ६० प्रतिसत नकुहिने फोहोर उच्पादन हुने गरेको छ । ती नकुहिने फोहोरलाई सेग्रिगेसन हाउसबाट छानिने नगरपालिकाले जनाएको छ ।
स्वच्छ र सफा नगर स्थापनाको लागि नगरपालिकाको १, २, ४, ६, ८ र ९ वडामा गरी ४१ वटा टोल विकास सस्था स्थापना गरिएको विदुर नगरपालिकाको विपद तथा वातावरण शाखाले जनाएको छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













मापसे गरेर बस चलाउने विदुरका राजु पक्राउ
विद्यार्थीलाई झोलासहितको स्टेशनरी सामग्री वितरण
धादिङका स्थानीय पारिजात संरक्षणमा जुटे
केन्द्रीय कारागार जाने बाटो पुनर्निर्माण हुँदै
जेन–जी आन्दोलनमा बागमती प्रदेशमा ९० करोडको क्षति





प्रतिक्रिया