नुवाकोट बर्डफ्लुको उच्च जोखिममा,सचेत रहन आग्रह

विदुर खबर २०७७ फागुन ३ गते ८:१६

नुवाकोट । राजधानी काठमाण्डौमा बर्डफ्लु देखिन थालेपछि नुवाकोट पनि बर्डफुलुको उच्च जोखिममा परेको छ ।

Advertisement

यससँगै नुवाकोटका किसानहरुमा त्रास छाएको छ । तर पशु रोग विज्ञहरुले भने सर्तकता अपनाउन आग्रह गरेका छन् । रोगबाट कुखरालाई बचाउनका लागि विशेष सावधानी अपनाउनुपर्ने केन्द्रिय पशुपन्छी अन्वेषण प्रयोगशालाका भेटेनरी प्रमुख तुलसीराम गम्पोले बताए ।

यस्तै नुवाकोटका कुखुरापालक किसानहरुले भने कुखु।ा फार्म र वरिपरिको वातावरणमा विशेष दिनुपर्ने बताएका छन् । उनीहरुले कुखुरा आयात तथा निर्यात गर्दा विशेष निगरानी गर्नुपर्ने बताए ।

Advertisement

यस्तै भेटीनरी अस्पताल तथा पशु सेवा केन्द्रका निमित्त प्रमुख भरत पाण्डेले नेपालकै दोस्रो कुखुरा उत्पादन हुने जिल्लाको रुपमा नुवाकोट परिचित रहेको बताए । उनले सबै व्यवसायीहरुले व्यवसायमा देखा परेका समस्या र चुनौतीहरुको एक भएर सामना गरे सबैलाई सहज हुने बताए ।

नुवाकोटमा हाल एक हजारभन्दा बढीले कुखुरा व्यवसाय गर्दे आएका छन् भने दैनिक २० गाडी कुखुरा मासुको लागि अन्य जिल्ला निर्यात हुने गरेको छ ।

Advertisement

प्रतिक्रिया