जनयुद्ध दिवसमा नुवाकोटमा शहिदको सम्झना
नुवाकोट । २६ औ जनयुद्ध दिवस नुवाकोटमा पनि विविध कार्यक्रमको आयोजना गरि मनाइएको छ ।
दिवसको अवसर पारेर नेकपाको प्रचण्ड नेपाल समुहले पार्टी कार्यालय विदुरमा एक कार्यक्रमको आयोजना गरेको हो । कार्यक्रममा बोल्ने नेकपा प्रचण्ड नेपाल समुहका अध्यक्ष हिरानाथ खतिवडाले सहिदहरुको त्याग र वलिदानले गर्दा नेपालमा लोकतानित्रक गणतन्त्र स्थापना भएको बताए । उनले देशमा शान्ति र संविधान ल्याउन लडेका शहिदहरुको भावना अनुसार अहिलेको सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरे ।
यस्तै कार्यक्रममा विघटित प्रतिनिधिसभाका सांसद नारायणप्रसाद खतिवडाले सहिदहरुको त्याग र वलिदानलाई राज्यले सम्मान गर्नुपर्ने बताए । कार्यक्रममा विदुर नगरपालिकाका मेयर सञ्जु पण्डित, महिला नेतृ सुभद्रा नेपाल लगायतले सहिदको सपना अझै साकार नभएकोले संविधान र कानुनको रक्षाको लागि सबै एकजुट भएर अघि बढ्नुपर्ने बताए ।
कार्यक्रममा विभिन्न सरोकारवाला निकायहरुको उपस्थिति रहेको थियो ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













स्वर्गीय नन्द कुमारीको स्मृतिमा भूमेदेवीलाई सहयोग
बागमती प्रदेशको बजेट खर्च निराशाजनक
शेरा दरबारको हडपिएको १६४ रोपनी जग्गा फिर्ता गराउन खोज्दा धम्की
नुवाकोटमा यू–१४ फुटबल प्रतियोगिता सुरु हुँदै
बट्टारबाट लागुऔषध सहित २ जना पक्राउ





प्रतिक्रिया