प्रेम साटासाट गरी आज भ्यालेन्टाइन्स डे मनाइँदै
नुवाकोट ।आज १४ फेब्रुअरी अर्थात् भ्यालेन्टाइन्स डे, नेपासहित विश्वभर एक अर्काप्रति प्रेम साटासाट गरी मनाइँदैछ । हरेक वर्ष १४ फेब्रुअरीका दिन प्रेमीप्रेमिकासँगै आफन्त र परिवारजनमा प्रेम, सद्भाव र भातृत्व साटासाट गरी प्रणय दिवस मनाउने गरिन्छ ।
विशेषगरी युवायुवतीले प्रेम प्रस्ताव राख्ने र आपसमा प्रेमभाव प्रस्तुत गर्ने पर्वको रुपमा प्रणय दिवस मनाइन्छ । यस दिन युवायुवतीले प्रेमको प्रतीक रातो गुलाबको फूल उपहार दिएर प्रेमभाव साटासाट गर्दछन् । युवापुस्तामा बढी लोकप्रिय रहेको यो दिवसमा युवायुवतीहरुले प्रेम प्रस्ताव राख्ने दिनका रुपमा लिने गरेका छन् ।
पछिल्ला वर्षहरुमा प्रणय दिवसका नाममा विकृति बढ्न थालेको टिप्पणी पनि हुँदै आएको छ । प्रेमका पक्षधर सन्त भ्यालेन्टाइनलाई मृत्युदण्ड दिएको सम्झनामा प्रणय दिवस मनाउन थालिएको बताइन्छ । यो दिवस अहिले विश्वभर चर्चित छ । भ्यालेन्टाइनलाई मृत्युदण्ड दिएको दिनको सम्झनामा प्रत्येक वर्षको १४ फेब्रुअरीमा भ्यालेन्टाइन्स डे मनाउने गरिएको छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














वेवारिसे अवस्थामा फेला परेका मिजारको वडाध्यक्ष न्यौपानेद्धारा उद्धार
म्यागङ गाउँपालिका सूचना प्रविधि अधिकृत अख्तियारको फन्दामा
चेक, व्यवसाय र न्याय: नेपाली व्यवसायीमाथि बढ्दो अन्याय र कानुनी सुधारको अपरिहार्यता
सिन्धुली कार दुर्घटना, ३ जना सुनकोशी नदीमा बेपत्ता
जर्मनीमा गर्मीले मृत्यु हुनेको संख्या १० हजार नाघ्यो





प्रतिक्रिया