रसुवामा मोटरसाइकल दुर्घटना हुँदा प्रहरी जवानको मृत्यु

नुवाकोट । शुक्रबार बेलुका मोटरसाइकल दुर्घटनामा परेर रसुवामा प्रहरी जवानको मृत्यु भएको छ।
मृत्यु हुनेमा अस्थायी प्रहरी पोष्ट ग्राङ रसुवाका प्रहरी जवान इन्द्र प्रसाद अर्याल भएको जिल्ला प्रहरी कार्यालय रसुवाले बताएको छ।
मोटरसाइकलमा सँगै सवार रहेका प्रहरी हवल्दार नुवाकोटका राजेन्द्र लामाको नेपाल प्रहरी अस्पताल महाराजगन्जमा उपचार भइरहेको प्रहरी कार्यालय रसुवाका प्रमुख प्रहरी नायव उपरीक्षक देवेन्द्र पाण्डेले बताए ।

मृतक प्रहरी जवान इन्द्र प्रसाद अर्यालको घर चितवन भएको र उनको ९ बर्षको बालक छोरा भएको जानकारी आएको छ ।
शुक्रबार ग्रस्ती गरेर ग्राङ फर्किँदै गर्दा कालिका गाउँपालिका वडा नं १ को सेति भूमे माध्यमिक विद्यालय नजिकै रहेको खोलामा प्रहरी जवान इन्द्र प्रसाद अर्याल र हवल्दार लामा चडेको प्र १ ००३ प ३३७५ नम्बरको मोटरसाइकल सडकबाट करिब ६ मिटर तल खसेको प्रहरीले बताएको छ।
दुर्घटनामा गम्भीर घाइते भएका अर्यालको नुवाकोट जिल्ला अस्पताल त्रिशुलीमा उपचारका क्रममा मृत्यु भएको हो।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













बागमती प्रदेशको बजेट खर्च निराशाजनक
बट्टारबाट लागुऔषध सहित २ जना पक्राउ
माथिल्लो महभीर जाने सडकको ट्रयाक संचालनमा
प्रहरी प्रवक्तामा प्रहरी नायव महानिरीक्षक काफ्ले
नागढुङ्गाबाट लागुऔषधसहित एक जना पक्राउ





प्रतिक्रिया