धादिङको धुनीबेसीमा सेफ्टी ट्याङकी खन्ने क्रममा एकको मृत्यु
विदुर खबर
२०७५ साउन ९ गते १५:५३
धादिङको धुनीबेसी नगरपालिका वडा नम्बर ६ धार्केमा सेफ्टी ट्याङकी खन्ने क्रममा पुरिएर एक जनाको मृत्यु भएको छ ।
सेफ्टी ट्याङकी खन्ने क्रममा खसेको पहिरोले पुरिएर पर्सा जिल्लाको जगन्नाथपुर गाउँपालिका वडा नम्बर २ बस्ने ३२ बर्ष का कोइरीको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । स्थानीय राजन श्रेष्ठको घरको सेफ्टी ट्याङकी खन्ने क्रममा पहिरो खसेको थियो। पहिरोले पुरिएका कोईरीको जेसिबीको सहायतामा स्थानिय र प्रहरीले शव निकालेका थिए ।
तीन जनाले सेफ्टी ट्याङकी खन्ने काम गरिरहेको समयमा पहिरो खस्न थालेपछि २ जनाले भागेर ज्यान बचाएको इलाका प्रहरी कार्यालय खानीखोलाले जानकारी दिएको छ ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














देशका केही स्थानमा भारी वर्षाको सम्भावना
प्रवासी नेपाली मञ्च यूएईको अध्यक्षमा नुवाकोटका भण्डारी चयन
देउवाले शंशाक कोइराला नेतृत्वको भेलालाई सम्बोधन गर्ने
माथिल्लो मैलुङ खोला जलविद्युत ११ करोड १२ लाख नाफा कमायाे
वेवारिसे अवस्थामा फेला परेका मिजारको वडाध्यक्ष न्यौपानेद्धारा उद्धार





प्रतिक्रिया