धादिङको धुनीबेसीमा सेफ्टी ट्याङकी खन्ने क्रममा एकको मृत्यु
विदुर खबर
२०७५ साउन ९ गते १५:५३

धादिङको धुनीबेसी नगरपालिका वडा नम्बर ६ धार्केमा सेफ्टी ट्याङकी खन्ने क्रममा पुरिएर एक जनाको मृत्यु भएको छ ।
सेफ्टी ट्याङकी खन्ने क्रममा खसेको पहिरोले पुरिएर पर्सा जिल्लाको जगन्नाथपुर गाउँपालिका वडा नम्बर २ बस्ने ३२ बर्ष का कोइरीको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । स्थानीय राजन श्रेष्ठको घरको सेफ्टी ट्याङकी खन्ने क्रममा पहिरो खसेको थियो। पहिरोले पुरिएका कोईरीको जेसिबीको सहायतामा स्थानिय र प्रहरीले शव निकालेका थिए ।
तीन जनाले सेफ्टी ट्याङकी खन्ने काम गरिरहेको समयमा पहिरो खस्न थालेपछि २ जनाले भागेर ज्यान बचाएको इलाका प्रहरी कार्यालय खानीखोलाले जानकारी दिएको छ ।
सम्बन्धित
प्रतिक्रिया