लमजुङमा जिप दुर्घटनामा तीनको मृत्यु
नुवाकोट । लमजुङमा बिहीबार साँझ बलेरो जिप दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् ।
दोर्दी खोलामा निर्माणाधीन ५४ मेगावाटको सुपरदोर्दी ‘ख’ जलविद्युत् आयोजनाको प्रदेश नं ३ ०१–२२च१३८३ नंको बलेरो जिप दुर्घटना भएको हो । दुर्घटनामा परी स्याङ्जा घर भई सोही आयोजनामा कार्यरत वर्ष ३४ का यदुनाथ भट्टराई, उदयपुर–१ घर भएका वर्ष २६ का जिप चालक किशोर राई र तनहुँ भानु नगरपालिका–१० घर भएका वर्ष ४५ का प्रकाश लौडारीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । उक्त दुर्घटनामा परी सुनसरीका सुनिलकुमार शाह, लमजुङका अनु घले र दोर्दीकै सुनिता विक घाइते छन् ।
जिप सडकबाट १ सय २० मिटर तल लेदेखोलामा खसेको थियो । घाइतेहरुको जिल्ला सामुदायिक अस्पताल लमजुङमा उपचार भइरहेको लमजुङका प्रहरी प्रमुख डीएसपी गंगाबहादुर थापाले जानकारी दिनुभयो । जिप पावर हाउसबाट कार्यालयतर्फ जाने क्रममा दुर्घटना भएको तथा के कति कारणले दुर्घटना भयो भन्ने कुरा खुलिनसकेको प्रहरी प्रमुख थापाले बताउनुभयो ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












महिलाहरुलाई जीविकोपार्जनको लागि तालिमसहित निशुल्क कुखुराको चल्ला वितरण
नौबिसे–धार्के सडकखण्ड पिच भयो
रास्वपा बागमती प्रदेश सभापतिमा अर्याल निर्वाचित
‘आइएम जितबहादुर’ प्रचारको लागि जितु नेपाल नुवाकोट आए
नुवाकोटमा झुन्डिएको अवस्थामा फेला परेकी सशस्त्र प्रहरीकी जवानकाे मृत्यु





प्रतिक्रिया