लिखुको छहरे महोत्सवमा प्याराग्लाईडिङ्गको मज्जा लिन पाइने
विदुर खबर
२०७७ माघ २९ गते २०:०३
नुवाकोट । नुवाकोटको लिखु गाउँपालिका छहरेमा आगामी फागुन १४ गतेदेखि २२ सम्म हुने लिखु–छहरे महोत्सवमा प्याराग्लाईडिङ्गको मज्जा लिन पाइने भएको छ ।
आज महोत्सवलाई प्रचारप्रसार गर्न सुर्यचौरमा प्याराग्लाईडिङ्ग गरिएको छ । शिवपुरि गाउपालिका वडा नम्बर ७ को सुर्यचौरदेखि लिखु गाउँपालिकाको वडा ६ छहरेसम्म आन्तरिक तथा वाह्य पर्यटन प्रबर्द्नका निमित्त प्याराग्लाईडिङ्ग गरिएको हो ।
प्याराग्लाईडिङ्गमा लिखु गाउँपालिका नुवाकोटका अध्यक्ष धुर्व श्रेष्ठ, टोखा नगरपालिका वडा नम्बर २ का वडाअध्यक्ष दिपकराज जोशि लगायतको उपस्थिति रहेको थियो ।
आज भएको प्याराग्लाईडिङ्गमा पाईलटहरु मोहन सुनुवार ,बिबि सेन्ताङ्ग र गगनकुमार श्रेष्ठले सफल रुपमा उडान गरेका थिए ।
सम्बनिधत समाचार
प्रथम छहरे महाेत्सवकाे तयारी तिव्र
Advertisement
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














धादिङको तरकारी कतारमा पुग्न थाल्याे
चार प्रदेशका पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना
बेलकोटगढीमा ‘सातौँ देउराली कप’ फुटबल प्रतियोगिता हुने
विदुर नगरपालिकाद्वारा त्रिशूली अस्पताललाई १०० थान ‘न्यानो झोला’ हस्तान्तरण
बागमतीका मुख्यमन्त्री थापाले आज विश्वासको मत लिँदै





प्रतिक्रिया