नुवाकोट विदुरमा भुकम्प स्मारकको उद्घाटन

विदुर खबर २०७७ माघ २९ गते १९:३४

नुवाकोट । नुवाकोटमा भुकम्पमा परि ज्यान गुमाएकाहरुको सम्झनामा निर्माण गरिएको भुकम्प स्मारकको बिहिबार उद्घाटन गरिएको छ ।

Advertisement

नुवाकोटको विदुर नगरपालिका वडा नम्बर २ वनदेविमा निर्माण गरिएको स्मारकको नुवाकोटका प्रमुख जिल्ला अधिकारी झंकनाथ ढकाल, गोयन्का गु्रपका एमडी अजय गोयन्का र नुवाकोट उद्योग वाणिज्य संघका अध्यक्ष तारावहादुर कार्कीले संयुत्त रुपमा उद्घाटन गरेका हुन् ।

स्मारक उद्घाटन कार्यक्रममा बोल्दै नुवाकोट उद्योग वाणिज्य संघका वरिष्ट उपाध्यक्ष गिता अमात्यले गोयन्का गु्रपको आर्थिक सहयोगमा जिल्लामा भुकम्प स्मारक बनाउन सकेको बताइन । उनले गोयन्का गु्रपले आफ्नो सामाजिक उत्तरदायित्व वहन अन्र्तगत नुवाकोट उद्योग वाणिज्य संघको सहकार्यमा जिल्लामा भुकम्प स्मारक निर्माण बताइन् ।

Advertisement

कार्यक्रममा नुवाकोटका प्रमुख जिल्ला अधिकारी झंकनाथ ढकालले सम्पदा निर्माण गर्नु मात्र उपलब्धी नभएको भन्दै बनेका सम्पदाको संरक्षण अहिलेको मुख्य चुनौतीको विषय बनेको बताए । उनले बनेको सम्पदाको पनि संरक्षणमा ध्यान दिन नुवाकोट उद्योग वाणिज्य संघलाई आग्रह गरे ।

यस्तै कार्यक्रममा नुवाकोट उद्योग वाणिज्य संघका अध्यक्ष तारावहादुर कार्कीले निकै दुख गरेर जिल्लामा भुकम्प स्मारक निर्माण गरिएकोले यसलाई संरक्षण गर्न आफुहरु तत्पर भएर लागि पर्ने प्रतिवद्धता व्यक्त गरे ।

Advertisement

करिव साढे ९ लाख रुपैयाँको लागतमा निर्माण गरिएको स्मारकमा २०७२ साल वैशाख १२ र २९ गते गएको भुकम्पमा परि ज्यान गुमाएका नुवाकोटका १२ सय ८ जनाको नाम लेखिएको छ ।

प्रतिक्रिया