इजरायली राजदुत र उड्डयनमन्त्री भानुभक्त ढकालवीच शिष्टाचार भेट

विदुर खबर २०७७ माघ २७ गते १९:२८

नुवाकोट । नेपालका लागि इजरायली राजदूत खनान गोडेरले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री भानुभक्त ढकालसँग मंगलबार मन्त्रालयमा शिष्टाचार भेट गरेका छन् ।

Advertisement

भेटवार्तामा मन्त्री ढकालले राजदूत गोडेरललाई नेपाल-इजरायल सीधा हवाइ सेवा सञ्चालनमा सहजिकरण गरिदिन अनुरोध गरेका थिए । उनीहरुवीच पर्यटन क्षेत्रमा सहयोग आदानप्रदान गर्ने विषयमा पनि छलफल भएको छ ।

प्रतिक्रिया