नुवाकोटमा प्रचण्ड–माधव समुहको प्रेस संगठनको जिल्ला भेला सकियो
नुवाकोट । केन्द्रदेखिनै दुई खेमामा विभत्त भएको प्रेस संगठन नेपालको नुवाकोट पनि स्पष्ट रुपमा दुई खेमा देखिएको छ ।
आज विदुरमा प्रचण्ड–माधव नेपाल समुहले जिल्ला भेला राखेसँगै नुवाकोटमा पनि प्रेस संगठन नेपाल स्पष्ट रुपमा दुई खेमामा देखिएको हो । आज नेकपाको पार्टी कार्यालय विदुरमा नेकपा प्रचण्ड–नेपाल समुह निकटका पत्रकारहरुको भेला आयोजना भएसैगै नुवाकोटमा पनि ओली र प्रचण्ड–माधव नेपाल समुहको कित्ताकाट भएको छ ।
भेलालाई सम्बोधन गर्दे नेकपा प्रचण्ड–नेपाल समुह नुवाकोटका अध्यक्ष हिरानाथ खतिवडाले प्रधानमन्त्रि केपी शर्मा ओलिले असंवैधानिक कदममार्फत संसद विघटन गरेको भन्दै सबै मिलेर त्यसको शसक्त प्रतिकार गर्नुपर्ने बताए । उनले प्रधानमन्त्रि केपी शर्मा ओलिले संविधानविरुद्ध गएर काम गरिरहेको भन्दै त्यसको पत्रकारहरुले संचारमाध्यममार्फत वहस र पैरवी गर्नुपर्ने बताए ।
कार्यक्रममा प्रेस संगठन नुवाकोटका संयोजक भोला पौडेल,सहसंयोजक रामहरि गजुरेल लगायतले प्रधानमन्त्रिको कदमविरुद्ध केन्द्रदेखिकै संचारमाध्यमहरुले वहस पैरवी गरिरहेकोले जिल्लाका क्रियाशील पत्रकारहरुले पनि त्यसलाई अनुशरण गर्नुपर्ने बताए ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












बट्टारमा मोटरसाइकलले ठक्कर दिँदा एककाे मृत्यु
बागमती सरकारको बजेट बहुमतले पारित
धादिङमा फलामको पाइपले प्रहार गरी बुबाको हत्या
लुम्बिनी बिकास बैंक बट्टारकाे सुलक्षणा माविका विद्यार्थीहरूलाई शैक्षिक सामग्री
प्रेस स्वतन्त्रताको हनन कसैले पनि गर्न सक्दैन : सञ्चारमन्त्री तिमिल्सिना





प्रतिक्रिया