नुवाकोटमा सक्रिय कोरोना संक्रमितको संख्या ५२ पुग्यो
विदुर खबर
२०७७ माघ २४ गते १९:२९
नुवाकोट । नुवाकोटमा सक्रिय कोरोना संक्रमितको संख्या ५२ पुगेको छ ।
स्वास्थ्य कार्यालय नुवाकोटका अनुसार पछिल्लो २४ घण्टामा जिल्लाका ७ जना कोरोना संक्रमित कोरोनामुत्त भएर घर फर्केसँगै जिल्लामा सक्रिय कोरोना संक्रमितको संख्या घटेर ५२ पुगेको हो ।
कार्यालयका सुचना अधिकारी उत्तमराज खनालका अनुसार पछिल्लो २४ घण्टामा १४ जनाको पिसिआर संकलन गरिँदा १४ जनाको नै पिसिआर नेगेटिभ आएको छ । हाल नुवाकोटमा कोरोना संक्रमितको संख्या एक हजार एकसय ३४ पुगेको छ भने एक हजार ८१ जना कोरोना संक्रमित निको भएर घर फर्किएको स्वास्थ्य कार्यालय नुवाकोटले जनाएको छ ।
हालसम्म नुवाकोटमा ९ हजार एक सय ८१ जनाको पिसिआर परिक्षण गरिएको कार्यालयको भनाई रहेको छ ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












Breaking News कांग्रेस नेता एवं पूर्वमन्त्री दिपक खड्का पक्राउ
आजको मौसम : चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
नुवाकाेटमा बालेन्द्र र सुधनविरूद्ध नाराबाजी
सार्वजनिक प्रशासनमा दलीय ट्रेड युनियन खारेज गरिने
ओलीको रिहा माग्दै नुवाकाेटमा प्रदर्शन





प्रतिक्रिया