नुवाकोटमा सक्रिय कोरोना संक्रमितको संख्या ५२ पुग्यो

विदुर खबर २०७७ माघ २४ गते १९:२९

नुवाकोट । नुवाकोटमा सक्रिय कोरोना संक्रमितको संख्या ५२ पुगेको छ ।

Advertisement

स्वास्थ्य कार्यालय नुवाकोटका अनुसार पछिल्लो २४ घण्टामा जिल्लाका ७ जना कोरोना संक्रमित कोरोनामुत्त भएर घर फर्केसँगै जिल्लामा सक्रिय कोरोना संक्रमितको संख्या घटेर ५२ पुगेको हो ।

कार्यालयका सुचना अधिकारी उत्तमराज खनालका अनुसार पछिल्लो २४ घण्टामा १४ जनाको पिसिआर संकलन गरिँदा १४ जनाको नै पिसिआर नेगेटिभ आएको छ । हाल नुवाकोटमा कोरोना संक्रमितको संख्या एक हजार एकसय ३४ पुगेको छ भने एक हजार ८१ जना कोरोना संक्रमित निको भएर घर फर्किएको स्वास्थ्य कार्यालय नुवाकोटले जनाएको छ ।

Advertisement

हालसम्म नुवाकोटमा ९ हजार एक सय ८१ जनाको पिसिआर परिक्षण गरिएको कार्यालयको भनाई रहेको छ ।

प्रतिक्रिया