नुवाकोटमा काँग्रेसका शुभेच्छुक संस्थाहरुद्वारा प्रतिनिधिसभा पुर्नस्थापनाको माग

विदुर खबर २०७७ माघ २४ गते १७:३४

नुवाकोट। नेपाली काँग्रेसका शुभेच्छुक संस्थाहरुले शनिवार नुवाकोटको सदरमुकाम बिदुरमा प्रतिनिधिसभा विघटनको बिरोधमा बिरोध प्रदर्शन गरेका छन् ।

Advertisement

नेपाल ट्रेड युनियन काँग्रेस नुवाकोटको अगुवाईमा बिदुर चोकबाट सुरु भएको बिरोध प्रदर्शनका सहभागीहरुले प्रतिनिधिसभा पुर्नस्थापना गर, सर्बसत्तावाद मुर्दाबाद लगायत बिभिन्न पेशागत मागहरु समेटिएका नाराहरु लगाएका थिए । बिरोध प्रदर्शन लोकतान्त्रिक चौतारोमा पुगेर कोणसभामा परिणत भएको थियो । कोणसभाका बक्ताहरुले प्रतिनिधिसभा विघटन अलोकतान्त्रिक र असंसदीय भएकाले लोकतन्त्रको रक्षाका लागि समेत प्रतिनिधिसभा पुर्नस्थापनाको बिकल्प नरहेको धारणा ब्यक्त गरेका थिए । त्यसक्रममा नुवाकोट काँग्रेसका सभापति जगदीश्वरनरसिंह केसीले प्रतिनिधिसभा विघटन प्रधानमन्त्री केपी शर्मा ओलीमा रहेको सर्बसत्तावादी र अधिनायकवादी सोचको उपज रहेको उल्लेख गर्दे नागरिक आन्दोलनको बलमा संबिधानलाई सही बाटोमा हिँडाउनुको बिकल्प नरहेको बताए ।

त्यसक्रममा नुवाकोट काँग्रेसका नेता ध्रुव अधिकारीले प्रतिनिधिसभा विघटनले संबिधानको मर्ममा प्रहार गरेको बताउँदै यसले नेपालका कम्युनिष्टहरु जनताको दुहाई दिएर अधिनायकवादको यात्रामा छन् भन्ने समेत प्रमाणित गरेको बताए । कोणसभामा नेपाल ट्रेड युनियन काँग्रेस नुवाकोटका अध्यक्ष शिव देबकोटा, शिक्षक संघकी उपाध्यक्ष रुपा पाण्डे र प्रेस युनियन नुवाकोटका अध्यक्ष नवराज सुवेदीले लोकतन्त्रको रक्षाका लागि हुने हरेक आन्दोलनमा पेशाकर्मीहरुको सक्रिय साथ रहने प्रतिवद्धता ब्यक्त गरेका थिए ।

Advertisement

बिरोध प्रदर्शनमा नेपाल ट्रेड युनियन काँग्रेस नुवाकोटसंग आवद्ध १३ वटा संस्थाहरु, डेमोक्र्याटिक ईन्जिनियर्स एशोसियसन, डेमोक्र््याटिक लयर्स एसोसियसन, स्थानीयतह कर्मचारी युनियन, लोकतान्त्रिक गैह् सरकारी संस्था महासंघ, नेपाल कुमाल संघ, प्रजातान्त्रिक महासंघ, प्रजातन्त्रवादी प्राध्यापक संघ लगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया