गल्छी–त्रिशली सडक निर्माण अन्तिम चरणमा

विदुर खबर २०७७ माघ २३ गते ९:०२

नुवाकोट । देशको स्वरूप नै परिवर्तनगर्ने रूपान्तरणकारी १५ वटा योजनामध्येको गल्छी–त्रिशूली–मैलङ–स्याफ्रबेंसी–रसुवागढी सडक योजनाको निर्माण कार्य अहिले तीव्र रूपमा भइरहेको छ ।

Advertisement

गल्छी–त्रिशूली खण्डको कल्चौडे भीर कटिङ कार्य बधबार सम्पन्न भएको छ । यो खण्डको बधसिंहघाटको पहरो र देवीघाटको धुरपुरे पहरे कटिङ कार्य सरु भएको छ ।उक्त पहरो कटिङ कार्य र गल्छी–पीपलटारसम्मको पिच तीन महिनाभित्र पूरा गर्ने गरी ठेकेदार कम्पनीले निर्माण कार्यलाई तीव्रता दिइरहेको छ ।कोभेक–तन्दी–रसुवा जेभीले गल्छी– ुमैलुङसम्मको सडक स्तरोन्नति जिम्मेवारी पाएको थियो । ठेकेदार
कम्पनीले २०७२ सालदेखि सडक स्तरोन्नतिको कार्य थाले पनि भूकम्प,भारतीय, नाकाबन्दी, कोरोना महामारी,मआब्जाको नाममा पटक–पटकको स्थानीयको अवरोध र निर्माणस्थलसमयमा खाली नहँदा काम सहज ु रूपले अगाडि बढ्न सकेको थिएन ।

सडक स्तरोन्नति कार्य कोरोना महामारीको बीचमा समेत योजना कार्यालयले ठेकेदार कम्पनीलाई मिति तोकेरै स्वास्थ्यको मापदण्ड
अपनाएर काम गर्न सहजीकरण गरेको थियो । विगतमा विभिन्न कारणले निर्माण कार्य अगाडि बढ्न नसकेको यो खण्डलाई योजना कार्यालयले
समयसीमा तोकेर ठेकेदार कम्पनीलाई काम गर्न दबाब दिएपछि निर्माणकार्यले गति लिएको थियो । गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रुबेंसी–
रसवागढी सडक योजनाको चौडाइ ३० मिटर भए पनि ११ मिटर मात्र पिच हने योजना प्रमुख नारायणदत्त भण्डारीले जानकारी दिए । गल्छी–त्रिशूली खण्डको सबभन्दा धेरै र अप्ठ्यारो रक कटिङ सकिएको समेत उनले बताए । ०७८ को वैशाखभित्र गल्छीदेखि गँगटेसम्म सडकको कालोपत्रे गर्ने कार्य सकिनेसमेत उनले जानकारी दिए ।

Advertisement

तीन महिनाभित्र गल्छी–त्रिशूली खण्डको पल निर्माणसमेत सकिने उनले ु बताए । गल्छी–त्रिशूली खण्डको रातमाटे, महादेवफाँट, देवीघाट क्षेत्रको सडक दायाँबायाँ फटपाथ बनाउने र दायाँबायाँ ु रेलिङ जडान गर्ने कामसमेत वैशाखपछि सरु हुने गरी कामअगाडि बढाइएको छ । कल्चौडेभिर कटिङ गर्न एक वर्ष अगाडि सरु गरेको भए पनि कामले तीव्रता गत जेठदेखि मात्र पाएको थियो । ५ सय मिटर उक्त भिर कटिङ गर्न ठेकेदार कम्पनीले दैनिक नौवटा रक बेकर मेसिन ्रर २० जनाभन्दा बढी पाविधिक कामदार,पाँचवटा ट्रिपर दैनिक परिचालन गरेको
ठेकेदार कम्पनीका कन्ट्र्याक्ट म्यानेजर वरिष्ठ इन्जिनियर गौरीशंकर महतोले बताए ।

भीरमा दई लाख घनमिटर कटिङ भएको र कटिङमा कनै दुर्घटना नभई सम्पन्न भएको छ । कटिङको अवधिभर ठेकेदार कम्पनीले त्रिशूली खोलाको तीरबाट सडक डाइभर्सन गरेको थियो । कल्चौडे भीर कटिङ गर्दा परानो डिजाइन परिवर्तन गरेर पुलसँगै भीर सोझ्याएर कटिङ गर्दा एक सय मिटर सडकको दूरी घटेको छ । पहरो कटिङसँगै कुनापट्टि नाली निर्माण छेउमा सेफ्टीबार र सडक पिच तथा बिजलीको पोल गाड्ने काम अगाडि बढाइने कन्ट्र्याक्ट म्यानेजर इन्जिनियर महतोले बताए । गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रुबेंसी–रसवागढी सडक योजनालाई अहिले तीन खण्डमा विभाजन गरी निर्माणकार्य भइरहेको छ ।

Advertisement

पहिलो खण्ड गल्छीदेखि विदर–बेत्रावती–मैलुङ खण्डको कुल ४६ किलोमिटर लम्बाइको सडक पर्छ । यो खण्डको निर्माणकार्य ०७२ सालदेखि कोभेक–तन्दी–रस ु वा जेभीले पाएको थियो । यो खण्डमा २५ किलोमिटरभन्दा बढी कालोपत्रे भइसकेको योजना कार्यालयले जानकारी दिएको छ । दोसो खण्डअन्तर्गत ्रमैलङ–स्याप ु m्रबेंसी खण्डको १९ किलोमिटर ु सडक बनाउन गत साउनमा ठेक्का
सम्झौता भई निर्माणकार्य तीव रूपमा अगाडि बढेको छ ।

त्रिशुली प्रवाहबाट ।

प्रतिक्रिया