बन्दको अवज्ञा गरेको भन्दै बट्टारमा एक मोटरसाइकल तोडफोड

विदुर खबर २०७७ माघ २२ गते १०:०७

नुवाकोट । बन्दको अवज्ञा गरेको भन्दै नुवाकोटको विदुर नगरपालिका वडा नम्बर ४ बट्टारमा एक सरकारी मोटरसाईकल तोडफोड गरिएको छ ।

Advertisement

नुवाकोट आर्दश वहुमुखी क्याम्पस अगाडी रहेका प्रर्दशनकारीले प्रदेश नम्बर ३–०२–००१ व ११९६ नम्बरको सरकारी मोटरसाईकल तोडफोड गरेका हुन् ।प्रर्दशनकारीले मोटरसाइकलमा तोडफोड गरि चालकलाई समेत दुव्र्यवहार गरेका थिए ।

यसैविच नेकपा प्रचण्ड–नेपाल समुहले आयोजना गरेको आमहड्तालको नुवाकोटमा सामान्य प्रभाव परेको छ । संवैधानिक निकायमा गरिएको नियुक्तिका विरोधमा नेकपा प्रचण्ड–नेपाल समुहले गरेको बन्दलाई सफल बनाउन सो समुहका नेता तथा कार्यकर्ताहरु चोकचोकमा प्रर्दशन गरिरहेका छन् ।

Advertisement

बन्दको कारण लामो तथा छोटो दुरीका सवारीसाधन पुर्ण रुपमा ठप्प रहेको छ भने अत्याआवश्यक सवारीसाधनहरुलाई भने निर्वाध रुपमा चलिरहेका छन् । यस्तै शैक्षिक संस्थाहरु समेत पुर्ण रुपमा ठप्प छन् ।प्रर्दशनकारीहरु नुवाकोटको विदुर,ढुङ्गे, बट्टार, देविघाट, महादेवफाट लगाएतका स्थानमा प्रर्दशन गरिरहेका छन् । प्रर्दशनकारीहरुले संसद विघटन खारेज गर,ओली सरकार मुर्दावाद, संवैधानिक निकायमा गरिएको नियुक्ति खारेज गर लगायतको नारा लगाएका छन् ।

सडक बन्द गराउन नेकपा नुवाकोटका अध्यक्ष हिरानााथ खतिवडा, नेता वुद्धि प्रधान लगायतका नेता तथा कार्यकर्ताहरु सकडमा उत्रिएका छन् ।

Advertisement

प्रतिक्रिया