नुवाकोटमा बन्दको सामान्य प्रभाव,सवारीसाधन ठप्प

विदुर खबर २०७७ माघ २२ गते ८:४८

नुवाकोट । नेकपा प्रचण्ड–नेपाल समुहले आयोजना गरेको आमहड्तालको नुवाकोटमा सामान्य प्रभाव परेको छ ।

Advertisement

संवैधानिक निकायमा गरिएको नियुक्तिका विरोधमा नेकपा प्रचण्ड–नेपाल समुहले गरेको बन्दलाई सफल बनाउन सो समुहका नेता तथा कार्यकर्ताहरु चोकचोकमा प्रर्दशन गरिरहेका छन् ।

बन्दको कारण लामो तथा छोटो दुरीका सवारीसाधन पुर्ण रुपमा ठप्प रहेको छ भने अत्याआवश्यक सवारीसाधनहरुलाई भने निर्वाध रुपमा चलिरहेका छन् । यस्तै शैक्षिक संस्थाहरु समेत पुर्ण रुपमा ठप्प छन् ।

Advertisement

प्रर्दशनकारीहरु नुवाकोटको विदुर,ढुङ्गे, बट्टार, देविघाट, महादेवफाट लगाएतका स्थानमा प्रर्दशन गरिरहेका छन् । प्रर्दशनकारीहरुले संसद विघटन खारेज गर,ओली सरकार मुर्दावाद, संवैधानिक निकायमा गरिएको नियुक्ति खारेज गर लगायतको नारा लगाएका छन् ।

प्रतिक्रिया