नेकपा प्रचण्ड–माधव समूहद्वारा भोलि आमहड्तालको घोषणा

विदुर खबर २०७७ माघ २१ गते १४:२१

नुवाकोट । नेकपा प्रचण्ड–माधव समूहले भोलि बिहीबार आमहड्ताल गर्ने घोषणा गरेको छ।

Advertisement

संघर्ष समितिकी सहसंयोजक पम्फा भुसालका अनुसार संवैधानिक निकायहरुमा आफूखुसी नियुक्ति गरिएकोले भोलि आमहड्ताल गर्ने निर्णय गरिएको हो। प्रचण्ड–माधव समूहले पूर्वनिर्धारित आन्दोलनको कार्यक्रम परिमार्जित गर्दै भोलि आमहड्ताल गर्ने निर्णय गरेको हो।

आमहड्तालबाहेक अन्य थप संघर्षका कार्यक्रम घोषणा गर्न नेताहरुबीच छलफल भइरहेको भुसालले जानकारी दिइन्। उनका अनुसार यसबारे थप जानकारी दिन केही वेरमा पार्टी कार्यालय पेरिसडाँडामा पत्रकार सम्मेलन गर्ने तयारी भइरहेको छ।

Advertisement

प्रतिक्रिया