नुवाकोटमा उपप्रधानमन्त्रि ईश्वर पोखरेललाई कालो झन्डा
विदुर खबर
२०७७ माघ २० गते ८:५४

नुवाकोट । नुवाकोटमा उपप्रधानमन्त्रि ईश्वर पोखरेललाई नेकपाको प्रचण्ड–नेपाल समुहका कार्यकर्ताहरुले कालो झन्डा देखाएका छन् ।
सोमवार नुवाकोटको विदुरमा ओली समुहको वृहत कार्यकर्ता भेलालाई सम्बोधन गर्न जिल्ला आएका उपप्रधानमन्त्रि पोखरेल र उद्योग वाणिज्य तथा आपूर्तिमन्त्रि लेखराज भट्टलाई नेकपाको प्रचण्ड–नेपाल समुहका युवाहरुले बट्टार क्याम्पस अगाडि कालोझन्डा देखाएका हुन् ।
कालोझन्डा देखाउने क्रममा नेकपाको ओली समुह र प्रचण्ड–नेपाल समुहको कार्यकर्ताहरुको झडप हुँदा दुबैतर्फका एकदर्जन कार्यकर्ता घाइते भएका छन् । झडपका कारण बट्टारबजार करिव एकघण्टा तनावग्रस्त बनेको थियो । झडपलाई नियन्त्रणमा लिन प्रहरीलाई हम्मेहम्मे परेको थियो ।
भेलालाई मध्यनजर गरि सोमबार नुवाकोटको चोकचोकमा प्रहरी परिचालन गरि सुरक्षा व्यवस्था कडा पारिएको थिया
सम्बन्धित
प्रतिक्रिया