नुवाकोटको ढुङ्गेमा वसको ठक्करबाट शसस्त्र प्रहरीको ज्यान गयो
विदुर खबर
२०७७ माघ २० गते ८:०३

नुवाकोट । नुवाकोटको विदुर नगरपालिका वडा नम्बर १ ढुङ्गेमा वसको ठक्करबाट शसस्त्र प्रहरीको ज्यान गएको छ ।
विहान ६ बजे नुवाकोटको त्रिशुलीबाट काठमाण्डौतर्फ जान लागेको ग १ ख ८८९८ नम्बरको नमस्ते पासाङल्हामु यातायात समितिको बसले उनलाई ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।
मृत्यु हुनेमा विदुर नगरपालिका वडा नम्बर १० गेर्खुटारका १९ वर्षिय दिनेश तामाङ रहेको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ । बसले ठक्कर दिएर घाइते भएका तामाङको उपचारको क्रममा त्रिशुली अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।
घटनापछि चालक र वसलाई प्रहरीले नियन्त्रणमा लिएको बताइएको छ । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया