प्रचण्ड-नेपाल समूहद्वारा प्रधानमन्त्री ओलीलाई पार्टीबाट निष्कासन
विदुर खबर
२०७७ माघ १९ गते २०:०३
नुवाकोट । नेकपा प्रचण्ड-नेपाल समूहले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पार्टीबाट निष्कासन गरेको छ ।
प्रचण्ड नेपाल समूहको आज बसेको केन्द्रीय समिति बैठकले ओलीलाई साधारण सदस्य समेत नरहने गरी पार्टीबाट हटाएको हो । यस्तै, महासचिव विष्णु पौडेललाई पनि महासचिव पदबाट हटाइएको छ । प्रचण्ड–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बैठकमा ओलीलाई पार्टीबाट निष्कासन र पौडेललाई महासचिवबाट हटाउने प्रस्ताव पेश गरेका थिए । बैठकले सो प्रस्ताव पारित गरेको छ ।
यसअघि प्रचण्ड-नेपाल समूहले ओलीलाई स्पष्टीकरणका लागि माघ ५ मा तीन दिनको अल्टिमेटम दिएको थियो । तर, ओलीले स्पष्टीकरण दिएका थिएनन् । ओलीले एकलौटी निर्णय गर्दै प्रतिनिधिसभा विघटन गरेसँगै नेकपा दुई चिरामा बाँडिएको छ ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना











आजको मौसम : उच्च हिमाली क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना
पोखराको फेवातालमा कार खस्दा युवकको मृत्यु
ककनीमा एमालेको उत्साह, मैनालीको पक्षमा प्रवेश गरे सयौं नयाँ समर्थक
प्रथम वडास्तरीय मेयर कप फुटवल प्रतियोगिता आजबाट शुरु हुँदै
निर्वाचन प्रहरीको हतियार,बेतको लौरो





प्रतिक्रिया