प्रचण्ड-नेपाल समूहद्वारा प्रधानमन्त्री ओलीलाई पार्टीबाट निष्कासन

विदुर खबर २०७७ माघ १९ गते २०:०३

नुवाकोट । नेकपा प्रचण्ड-नेपाल समूहले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पार्टीबाट निष्कासन गरेको छ ।

Advertisement

प्रचण्ड नेपाल समूहको आज बसेको केन्द्रीय समिति बैठकले ओलीलाई साधारण सदस्य समेत नरहने गरी पार्टीबाट हटाएको हो । यस्तै, महासचिव विष्णु पौडेललाई पनि महासचिव पदबाट हटाइएको छ । प्रचण्ड–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बैठकमा ओलीलाई पार्टीबाट निष्कासन र पौडेललाई महासचिवबाट हटाउने प्रस्ताव पेश गरेका थिए । बैठकले सो प्रस्ताव पारित गरेको छ ।

यसअघि प्रचण्ड-नेपाल समूहले ओलीलाई स्पष्टीकरणका लागि माघ ५ मा तीन दिनको अल्टिमेटम दिएको थियो । तर, ओलीले स्पष्टीकरण दिएका थिएनन् । ओलीले एकलौटी निर्णय गर्दै प्रतिनिधिसभा विघटन गरेसँगै नेकपा दुई चिरामा बाँडिएको छ ।

Advertisement

प्रतिक्रिया