नुवाकोट जेसीजको सातौ पदस्थापना कार्यक्रम सम्पन्न

विदुर खबर २०७७ माघ १८ गते १२:३०

विदुर । नुवाकोट जेसीजको सातौ पदस्थापना तथा पुरस्कार वितरण समारोह शनिवार सम्पन्न भएको छ ।

Advertisement

कार्यक्रमको नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा पुर्वअर्थमन्त्रि डा.रामशरण महत लगायतले कार्यक्रमको उद्घाटन गरेका हुन । कार्यक्रममा बोल्दै नेता पुर्व अर्थमन्त्रि डा. रामशरण महतले युवाहरुको क्षमता र व्यत्तित्व विकासमा जेसीजले महत्वपुर्ण भुमिका खेलेको बताए । उनले देशमा अजारकता बढेको भन्दै विधिको शासन कायम गन्र्र सबै युवाहरु एकजुट हुनुपर्ने समय आएको बताए ।

कार्यक्रममा नुवाकोट जेसीज वर्ष २०२० का अध्यक्ष श्रीकृष्ण आचार्यले आफ्नो कार्यकालमा जेसीजलाई चलायमान बनाएको तथा संस्थामा युवाहरुको आर्कषण बढाउन आफ्नो कार्यकाल खर्चिएको बताए । उनले जेसीजजस्तो विशुद्ध सामाजिक संस्थामा आवद्ध हुन सबै युवाहरुलाई आग्रह गरे ।त्यस्तै कार्यक्रममा नेपाली कांग्रेसका युवा नेता रमेश महत र जिल्ला समन्वय समिति नुवाकोटका प्रमुख सन्तमान तामाङले जेसीजजस्तो विशुद्ध सामाजिक संस्थामा आवद्ध हुन सबै युवाहरुलाई आग्रह गरे ।

Advertisement

कार्यक्रममा गत महिना भएको निर्वाचनबाट निर्विरोध रुपमा चयन भएका पदाधिकारी तथा मनोनित भएकाहरुलाई नुवाकोट जेसीज वर्ष २०२० का अध्यक्ष श्रीकृष्ण आचार्यले पद तथा गोपनियताको सपथ ग्रहण खुवाउनुका साथै नुवाकोट जेसीज वर्ष २०२१ का अध्यक्ष अन्जली पाण्डेलाई पद हस्तान्तरण गरेका थिए ।

कार्यक्रममा बोल्दै नुवाकोट जेसीज वर्ष २०२१ का अध्यक्ष अन्जली पाण्डेले आफ्नो एक वर्षको कार्यकालमा युवाहरुको व्यत्तित्व विकासलाई प्राथमिकता दिने र जेसीजको दायरालाई फराकिलो बनाउने बताए । पाण्डेले आगामी दिनमा जेसीजको दायरालाइ्र्र फराकिलो बनाउने, जेसीजमा युवाहरुको आवद्धता बढाउने, जिल्लाका सबै स्थानिय तहसँग सहकार्य गरेर अघि बढ्ने प्रतिवद्धता व्यक्त गरिन् ।

Advertisement

कार्यक्रममा नेपाल जेसिज क्षेत्र ग का विभिन्न शाखाका शाखा अध्यक्षहरूको उपस्थिति रहेको थियो । कार्यक्रममा जेसीज नुवाकोटलाई सहयोग गर्ने तथा विभिन्न माध्यमबाट योगदान पुराउने व्यक्तिहरुलाई सम्मान गरिएको थियो ।

प्रतिक्रिया