भुपु सैनिक सहकारी संस्थाका संचालकहरुलाई क्षमता अभिवृद्धि तालिम

विदुर खबर २०७७ माघ १८ गते ९:१४

नुवाकोट । सामुदायिक विकास संस्था (सिडिएस) नुवाकोटको आयोजना तथा नेपाल रास्ट्रिय भुतपुर्ब सैनिक संघको प्राबिधिक सहयोग र नेपाल भुतपुर्ब सैनिक कृषि सहकारी संस्था लिमिटेडको आर्थिक सहयोगमा सहकारीमा रहेका सन्चालक तथा लेखा समितिका सदस्यहरुलाई “सहकारी सन्चालक क्षमता अभिबृद्दी तालिम“ प्रदान गरिएको हो ।

Advertisement

विहिबारदेखि शुरु भएको तालिम शनिवारसम्म संचालन भएको थियो । तीनदिन संचालन भएको तालिममा प्रशिक्षक राजकुमार आचार्यले प्रशिक्षण दिएका थिए । तालिममा सहकारीका संचालकहरुलाई सहकारीका आधारभुत मुल्य मान्यता, सहकारीका ईतिहासहरु, सहकारीले लिनुपर्ने भावि योजनाहरु र सहकारी ऐन २०७४ र नियमावली २०७५ को वारेमा जानकारी गराएका थिए ।

तालिममा सहकारी संचालक र लेखा समितिका पदाधिकारीसहित २५ जना सहभागि रहेका थिए ।

Advertisement

प्रतिक्रिया