चुनाव भए कांग्रेस जनतामा जान तयार छः पुर्वमन्त्रि डा. महत

विदुर खबर २०७७ माघ १८ गते ८:४५

                                                                 पत्रकार सम्मेलनमा बोल्दै पुर्व अर्थमन्त्रि डा.रामशरण महत ।

नुवाकोट । संसद विघटनको विरोधमा आन्दोलनरत नेपाली कांग्रेसका नेता डा. रामशरण महतले देशमा चुनाव हुने निश्चित भएको अवस्थामा कांग्रेस चुनाववाट पछाडि नहट्ने वताएका छन् । डा. महतले देशमा संविधान अनुसार राज्य सन्चालन हुनु पर्छ भन्ने मान्यतामा कांग्रेस रहेको उल्लेख गर्दै विधिको शासन र स्थायी शान्ति तथा संविधानको संरक्षणका लागि कांग्रेस सदा क्रियाशील रहने वताए ।

Advertisement

नुवाकोटको विदुरमा शनिवार प्रेस युनियनद्वारा आयोजित पत्रकार सम्मेलनमा पुर्व अर्थमन्त्रि समेत रहेका डा. रामशरण महतले कांग्रेसले संसद विघटनलाई गैह्र संवैधानिक भनिरहेको अवस्थामा देशमा चुनाव हुने स्थिति सिर्जना भएमा कांग्रेस जनतासंग अनुसमोदनका लागि आफ्ना एजेण्डाहरुसहित जाने वताए । कानुन तथा संविधानको संरक्षणका लागि कांग्रेस क्रियाशील रहेको उल्लेख गर्दै डा. महतले नेकपाभित्रकै विवादका कारण संसद विघटन हुन पुरगेको आरोप लगाए ।

डा. महतले देशमा कानुनको संरक्षणका लागि जो कोहीले अदालतको ध्यानाकर्षण गर्न सक्ने भए पनि कानुन अनुसार गरिएका सर्वोचच अदालतको निर्णय सर्वस्वीकार्य हुने वताए । उनले कसैले पनि कानुन भन्दा माथि रहेर अदालतलाई हस्तक्षेप गर्न नसक्ने उल्लेख गर्दै अदालतवाटसमेत कानुनको संरक्षणका लागि उचित निर्णय नै आउने वताए । कांग्रेस देशमा संसद पुर्नस्थापना हुनु पर्छ भनेर आन्दोलित रहेको छ । तर, देशमा चुनाव हुने निश्चित भएमा कांग्रेस सहभागी हुने डा. महतले स्पष्ट पारे । अहिलेको अवस्थामा देश आइपुग्नु नेकपाभित्रै सत्ता प्राप्तिको लडाइका कारण संविधानमाथि प्रहार भएको डा. महतले आरोप लगाएका छन् । उनले सत्तारुढ दलभित्रैको विवादले देश र संविधानमाथि आक्रमण भएको टिप्पणी गरेका छन् ।

Advertisement

सरकारको कदमको विरोध गर्ने क्रममा डा. महतले कांग्रेसले कम्युनिष्टको सत्तालिप्साको खेलको खुलेरै प्रतिवाद गर्ने पनि वताए । डा. रामशरण महतले नेकपाभित्रको सत्ता लडाइँको विवादले संविधानमाथि प्रहार भएको र त्यसको विरोधमा कांग्रेस लागेको वताए । अरुलाई सत्ता लोलुपताको आरोप लगाउने कम्युनिष्ट नै को प्रधाननमन्त्रि हुने भन्ने लडाइले संविधानमाथि आक्रमण भएको वताए । नेता डा. महतले गरे प्रधानमन्त्री केपी शर्माओलीले गरेको प्रतिनिधि सभा विघटन गैरसंवैधानिक भएको ठहर गरेकाले पार्टी अहिले आन्दोलनमा रहेको बताए ।
उनले देशमा अव संविधान र लोकतन्त्रको रक्षाका लागि कांग्रेसले निर्णायक आन्दोलन गर्ने पनि वताए । डा. महतले सरकारले संबिधान बिपरित संसद बिघटन गरेकोले काङ्ग्रेस बिरोधमा उत्रिएको बताए । नेता डा. महतले सरकारले चालेको कदमविरुद सबै नेपाली एकजुट भएर अघि बढ्नुपर्ने अहिले आवश्यकता रहेको बताए । नेपाली कांग्रेस संविधान निर्माता मात्रै नभएर नेतृत्वकर्ता समेत भएकोले संविधान प्रती प्रतिबद्ध रहेको उनले बताए ।

डा. महतले नेपाली कांग्रेस अबसरको पक्षमा भन्दा पनि नेपालको लोकतन्त्र रक्षाको रुपमा लड्ने पार्टी रहेको बताए । उनले अहिले विभिन्न प्रदेशमा सरकार विरुद्ध अविस्वासको प्रस्ताव परेको उल्लेख गर्दै कांग्रेसले यस विषयमा कुनै आधिकारिक धारण नवानाइसकेको वताए ।
पत्रकारको एक प्रश्नमा डा. महतले प्रदेश सरकारमा कांग्रेसको सत्ता साझेदारीवाट कांग्रेसलाई फाइदा पुग्ने विषयमा समर्थन आएमा कांग्रेसले अरुसंग मिलेर प्रदेशमा सरकार वनाउन सक्ने संकेत गरे । उनले देशमा अहिले लोकतन्त्र वांकी भयो भने मात्र स्वतन्त्रता हुने भन्दै नेपाली काङ्ग्रेसले अव देश वचाउने आन्दोलन गर्ने वताए ।

Advertisement

उनले देश र संविधानको रक्षा कम्युनिष्टले गर्न नसक्ने आरोप लगाउंदै देशको नेतृत्व कांग्रेसले मात्र गर्न सक्ने वताए । आन्तरिक विवादका कारण दुई तिहइको सरकारले देशमा समस्या लयाउने काम मात्रै गरेको डा. रामशरण महतले टिप्पणी गरे ।

प्रतिक्रिया