आज नुवाकोट र रसुवा बन्द, सार्वजनिक सवारीसाधन ठप्प

विदुर खबर २०७७ माघ १७ गते ११:०४

नुवाकोट । ट्रिपरको ठक्करबाट मृत्यु भएका रसुवाको नौकुण्ड गाँउपालिका वडा नं. ५ बडहरेका १९ वर्षका छवीलाल न्यौपानेका आफन्तले दोषीलाई कारवाही र पिडित पक्षलाई क्षतिपुर्तिको माग गर्दे आज विहानैदेखि नुवाकोट र रसुवा बन्द गराएका छन् ।

Advertisement

नुवाकोटको गल्छी हुदै शुक्रवार विहान काठमाडौ जान लागेका न्यौपानेको बेलकोटगढी नगरपालिका वडा नं. ५ स्थित केउरनी नजिकै ‘देवीघाट–गल्छी’ सडक खण्डमा बा ४ ख ६५९४ ट्रिपरले ठक्कर दिँदा ज्यान गएको थियो । मृतकका आफन्तले दोषीलाई कारवाही र पिडितपक्षलाई न्यायको माग गर्दे प्रर्दशन गरिएको बताएका छन्

उनी चढेको बा.७५ प ७६११ नं को मोटरसाइकल लडिरहेको अबस्थामा भेट्टिएको भन्दै प्रहरीले उद्धार गरेर त्रिशूली अस्पताल पुराएको थियो । अस्पताल पुग्ने बित्तिकै उनलाई चिकित्सकले मृत घोषित गरेका थिए ।

Advertisement

प्रहरीले ट्रिफर दिने चालक नुवाकोटको किस्पाङ गाउँपालिका वडा नम्बर ३ का ४० वर्षिय अमृत लामा र ट्रिफर नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय नुवाकोटका डिएसपी हरिवहादुर वलीले जानकारी दिए । घटनाको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।

प्रतिक्रिया