नुवाकोटमा ओली समुह संगठन विस्तारमा आक्रामक बन्दै, ककनिमा युवासंघको भेला सकियो

नुवाकोट । नुवाकोटमा नेकपा ओली समुह आक्रामक रुपमा संगठन विस्तारमा लागि परेको छ । बिहिबार मात्र जिल्लास्तरीय भेला आयोजना गरि आफ्नो समुहको अध्यक्ष चयन गरेको ओलि समुहले आजै मात्रै ककनी गाउँपालिकामा आफु सर्मथित युवा संघको भेला सम्पन्न गरेको छ ।
ककनी गाउँपालिका युवा संघद्धारा आयोजना गरेको भेलाले सबै वडामा संयोजक र सहसंयोजक तोकेको युवा संघ ककनी गाउँपालिकाका संयोजक विनोद लामाले जानकारी दिए ।
भेलालाई सम्बोधन गर्दै नेकपाका अध्यक्ष बद्री मैनालीले प्रधानमन्त्रि केपी शर्मा ओलिले संसद विघटन गरेर जनमत लिन खोज्नु कुनैपनि हिसावले गैरसंवैधानिक नभएको दाबी गरे । उनले प्रधानमन्त्रिको कदमको बचाउ गर्दै घोषित समयमै चुनाव हुने र त्यसको तयारीमा जुट्न युवाहरुलाई आग्रह गरे ।
यस्तै कार्यक्रममा बोल्दै युवा संघ ककनी गाउँपालिकाका संयोजक विनोद लामाले घोषित समयमा चुनाव गराउन गाउँगाउँमा पुगेर युवाहरुलाई जागरुक बनाउन युवाहरुलाई आग्रह गरे ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया