नुवाकोट चेम्बर अफ कर्मसको दोस्रो साधारणसभा सम्पन्न

विदुर खबर २०७७ माघ १६ गते २०:०६

नुवाकोट । नुवाकोट चेम्बर अफ कर्मस नुवाकोटको दोस्रो साधारणसभा शुक्रवार सम्पन्न भएको छ ।

Advertisement

साधारणसभाको उद्घाटन गर्दै नेपाल चेम्बर अफ कर्मसका केन्द्रिय अध्यक्ष राजकाजी श्रेष्ठले सबै उद्योगी व्यवसायीहरु एकजुट भएर अघि बढेमा व्यवसायिको हित हुने बताए । उनले नेपाल उद्योग वाणिज्य महासंघ र नेपाल चेम्बर अफ कर्मसले कार्यगत रुपमा समान उदेश्यको लागि एकता गर्दै अगाडी बढ्ने बताए । उनले नुवाकोट चिनसँगको त्रिदेशीय मार्गको रुपमा रहेकोले त्यसको लाभ जिल्लाले भरपुर मात्रामा उठाउनुपर्ने बताए ।

यस्तै साधाराणसभामा बोल्दै नेपाल चेम्बर अफ कर्मस बाग्मति प्रदेशसका अध्यक्ष कृष्णमान श्रेष्ठले नुवाकोटमा आर्थिक विकासको ठुलो संभावना रहेको बताए । उनले त्रिशुली नदिमा रहेको ड्याममा माछा पालन, र्याफिङ लगायतको ठुलो संभावना रहेकोले त्यसको सदुपयोग गर्नुपर्ने बताए । त्यस्तै कार्यक्रममा बोल्दै नुवाकोट उद्योग वाणिज्य संघका वरिष्ट उपाध्यक्ष गिता अमात्यले व्यवसायिक हक हितको लागि चेम्बर र नुवाकोट उद्योग वाणिज्य संघ मिलेर काम गर्ने बताए । उनले फरक उदेश्य लिएर स्थापना भएको दुई संस्थाले मात्र व्यवसायिक हक अधिकारको लागि काम गरेको बताए ।

Advertisement

कार्यक्रममा रेडिमेट कपडा व्यवसायी संघ नुवाकोटका अध्यक्ष संजीव श्रेष्ठले पछिल्लो समय नुवाकोट उद्योग वाणिज्य संघ र चेम्बर अफ कर्मसले अस्वस्थ्य प्रतिष्पर्धा गरिरहेको भन्दै असन्तुष्टि व्यक्त गरे ।

यस्तै साधारणसभामा नुवाकोट चेम्बर अफ कर्मस अध्यक्ष कविन्द्रमान प्रधानले संस्थाको गतिविधि तथा भावि योजना सार्वजनिक गर्दे संघका सदस्यहरुको २ लाखको मृत्यु दुर्घटना विमा गरिएको जानकारी दिए । उनले आगामी दिनमा चेम्बरका सदस्यहरुलाई व्यवसायिक तालिम दिने तथा निशुल्क रुपमा कानुनी सल्लाह लिने व्यवस्था मिलाउने बताए ।

Advertisement

साधारणसभामा बोल्दै व्यवसायीहरुले पछिल्लो समय कोरोनाको कारण आफुहरुको व्यवसाय मर्कामा परेको भन्दै सरकारले समन्वय गरेर राहातको प्याकेज घोषणा गर्नुपर्ने बताएका छन् । कार्यक्रममा विभिन्न सरोकारवाला निकायहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया