नुवाकोट चेम्बर अफ कर्मसको दोस्रो साधारणसभा सम्पन्न
नुवाकोट । नुवाकोट चेम्बर अफ कर्मस नुवाकोटको दोस्रो साधारणसभा शुक्रवार सम्पन्न भएको छ ।
साधारणसभाको उद्घाटन गर्दै नेपाल चेम्बर अफ कर्मसका केन्द्रिय अध्यक्ष राजकाजी श्रेष्ठले सबै उद्योगी व्यवसायीहरु एकजुट भएर अघि बढेमा व्यवसायिको हित हुने बताए । उनले नेपाल उद्योग वाणिज्य महासंघ र नेपाल चेम्बर अफ कर्मसले कार्यगत रुपमा समान उदेश्यको लागि एकता गर्दै अगाडी बढ्ने बताए । उनले नुवाकोट चिनसँगको त्रिदेशीय मार्गको रुपमा रहेकोले त्यसको लाभ जिल्लाले भरपुर मात्रामा उठाउनुपर्ने बताए ।
यस्तै साधाराणसभामा बोल्दै नेपाल चेम्बर अफ कर्मस बाग्मति प्रदेशसका अध्यक्ष कृष्णमान श्रेष्ठले नुवाकोटमा आर्थिक विकासको ठुलो संभावना रहेको बताए । उनले त्रिशुली नदिमा रहेको ड्याममा माछा पालन, र्याफिङ लगायतको ठुलो संभावना रहेकोले त्यसको सदुपयोग गर्नुपर्ने बताए । त्यस्तै कार्यक्रममा बोल्दै नुवाकोट उद्योग वाणिज्य संघका वरिष्ट उपाध्यक्ष गिता अमात्यले व्यवसायिक हक हितको लागि चेम्बर र नुवाकोट उद्योग वाणिज्य संघ मिलेर काम गर्ने बताए । उनले फरक उदेश्य लिएर स्थापना भएको दुई संस्थाले मात्र व्यवसायिक हक अधिकारको लागि काम गरेको बताए ।
कार्यक्रममा रेडिमेट कपडा व्यवसायी संघ नुवाकोटका अध्यक्ष संजीव श्रेष्ठले पछिल्लो समय नुवाकोट उद्योग वाणिज्य संघ र चेम्बर अफ कर्मसले अस्वस्थ्य प्रतिष्पर्धा गरिरहेको भन्दै असन्तुष्टि व्यक्त गरे ।
यस्तै साधारणसभामा नुवाकोट चेम्बर अफ कर्मस अध्यक्ष कविन्द्रमान प्रधानले संस्थाको गतिविधि तथा भावि योजना सार्वजनिक गर्दे संघका सदस्यहरुको २ लाखको मृत्यु दुर्घटना विमा गरिएको जानकारी दिए । उनले आगामी दिनमा चेम्बरका सदस्यहरुलाई व्यवसायिक तालिम दिने तथा निशुल्क रुपमा कानुनी सल्लाह लिने व्यवस्था मिलाउने बताए ।
साधारणसभामा बोल्दै व्यवसायीहरुले पछिल्लो समय कोरोनाको कारण आफुहरुको व्यवसाय मर्कामा परेको भन्दै सरकारले समन्वय गरेर राहातको प्याकेज घोषणा गर्नुपर्ने बताएका छन् । कार्यक्रममा विभिन्न सरोकारवाला निकायहरुको उपस्थिति रहेको थियो ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












नुवाकोट आदर्श बहुमुखी क्याम्पसको जर्नल सार्वजनिक
सुकुम्बासी परिवारलाई पुनर्स्थापना खर्चबापत एकमुष्ट २५ हजार दिइने
गोसाईंकुण्डमा गंगादशहरा मेला सुरु
विदुर १२ पन्थगाउँमा खुकुरी प्रहार गरि एकजना घाइते
मध्य अमेरिकामा शक्तिशाली आँधी र वर्षाको चेतावनी





प्रतिक्रिया