नुवाकोटमा कोरोना भाइरसविरुद्धको खोप अभियान शुरु

विदुर खबर २०७७ माघ १४ गते २०:१२

नुवाकोट । नुवाकोटमा कोरोनाविरुद्धको खोप अभियान सुरु भएको छ ।

Advertisement

जिल्ल अस्पताल त्रिशुलीमा भएको उद्घाटन कार्यक्रममा जिल्ला समन्वय समिति नुवाकोटका प्रमुख सन्तमान तामाङले स्वास्थ्यकर्मीहरुलाई खोप हस्तान्तरण गर्दै अभियान सुरुवात गरेका हुन् । जिसस नुवाकोटका प्रमुख तामाङले जिल्ला अस्पताल त्रिशुलीका मेडिकल सुपरिटेण्डेन्ट डा. दिपेन्द्र पाण्डेलाई खोपको पहिलो डोज दिएर  अभियान शुरु गरेका हुन् ।

कार्यक्रममा जिल्ला समन्वय समिति नुवाकोटका प्रमुख सन्तमान तामाङले पुरै विश्व नै कोरोनाको त्रासले बाँचीरहेको अवस्थामा कोरोनाविरुद्धको खोप लगाउन पाउनु गौरवको कुरा भएको बताए । उनले सबैको अथक प्रयासपछि जनतालाई कोरोनाविरुद्धको लडाइँ जिताउन सुरु गरिएको बताए ।

Advertisement

कार्यक्रममा जिल्ला स्वास्थ्य कार्यालय नुवाकोटका प्रमुख सागर घिमिरेले जिल्लामा पहिलो चरणमा २ हजार ४ सय २ जनालाई खोप लगाइने जानकारी दिए। उनले सरकारको निर्णयनुसार पहिलो चरणमा स्वास्थ्यकर्मी, एम्बुलेन्स चालक, महिला स्वास्थ्य स्वयमसेविका, सरसफाई मजदुर र कोरोना संक्रमणबाट मृत्यु भएकाको शव बोक्नेलाई खोप दिइने बताए । घिमिरेले नुवाकोटको त्रिशुली र तादी गाउँपालिकाको खरानीटार अस्पतालबाट कोरोनाविरुद्धको खोप लगाउन शुरु गरिएको बताए ।
यस्तै जिल्लामै पहिलो खोप लगाएका त्रिशुली अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा. दिपेन्द्र पाण्डेले कोरोनाविरुद्धको खोपको आफुहरुले लामो समयदेखिको प्रतिक्षा गरिरहेको अवस्थामा खोप लगाउन पाउँदा खुशी व्यत्त गरे । उनले कोपको कुनैपनि असर नदेखिने भन्दै यसलाई निर्धक्क लगाउन सकिने बताए ।

यस्तै त्रिशुली अस्पतालका स्त्रीरोग विशेषज्ञ डा मधुकर दाहालले कोरोनाविरुद्धको खोपले कुनैपनि साइटइफेक्ट नदेखाउने भन्दै कुनै समस्या देखिएमा आफुहरु उच्च सर्तकता अपनाएर बसीरहेको बताए । कार्यक्रममा विदुर नगरपालिकाका मेयर सञ्जु पण्डितले पछिल्लो समय त्रिशुली अस्पतालले भौतिक र जनशत्तिका क्षेत्रमा व्यापक सुधार गरेको भन्दै खुशी व्यक्त गरे । उनले सबैको साझा पहलले जिल्ला अस्पताल त्रिशुलीमा अहिले ११ जना विशेषज्ञ डाक्टहरुले सेवा दिइरहेकोले सबैले अस्पताल सुधार्न लाग्नुपर्ने बताए ।

Advertisement

हालसम्म नुवाकोटमा एकहजार एक सय २६ जना कोरोना संक्रमित भेटिएका छन् भने एक हजार २४ जना निको भएर घर फर्किएका छन् । नुवाकोटमा कोरोनाको कारण एक महिलाको ज्यान गएको जिल्ला स्वास्थ्य कार्यालय नुवाकोटले जनाएको छ ।

यसैबिच आजै त्रिशुली अस्पतालमा टोकन सिस्टम लागु गरिएको छ । नुवाकोट,रसुवा र धादिङका सेवाग्राहीहरुको धेरै भिड लाग्ने भएपछि अस्पतालमा टोकन सिस्टम लागु गरेको हो । टोकन सिस्टम लागु भएसँगै अस्पतालमा लाइन व्यवस्थित हुने अस्पतालले जनाएको छ ।

प्रतिक्रिया