नुवाकोटमा कोरोना संक्रमितको संख्या ११ सय २७ पुग्यो

नुवाकोट । नुवाकोटमा कोरोना संक्रमितको संख्या ११ सय २७ पुगेको छ ।
पछिल्लो २४ घण्टामा जिल्लामा एक जना कोरोना संक्रमित थपिएसँगै जिल्लामा कोरोना संक्रमितको संख्या ११ सय २७ पुगेको हो । स्वास्थ्य कार्यालय नुवाकोटका अनुसार पछिल्लो २४ घण्टामा २० जनाको पिसिआर संकलन गर्दा १९ जनाको रिर्पाेट नेगेटिभ देखिएको हो । कार्यालयका सुचना अधिकारी उत्तमराज खनालका अनुसार हालसम्म नुवाकोटमा सक्रिय कोरोना संक्रमितको संख्या ९२ पुगेको छ । उनीहरु सबै होम आइसोलेसनमा उपचाररत रहेको खनालले जानकारी दिए ।
यस्तै नुवाकोटमा कोरोनामुत्त भएर घर फर्कनेको संख्या एकहजार ३२ पुगेको छ । यस्तै पछिल्लो २४ घण्टामा जिल्लाका ७ जना कोरोना संक्रमित कोरोनामुत्त भएर घर फर्किएका छन् ।
हालसम्म नुवाकोटमा कोरोनाको कारण एक महिलाको ज्यान गएको स्वास्थ्य कार्यालय नुवाकोटले जानकारी दिएको छ । नुवाकोटमा अहिलेसम्म ८ हजार ९ सय ४४ जनाको पिसिआर संकलन गरिएको स्वास्थ्य कार्यालय नुवाकोटले जनाएको छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया