नुवाकोटमा आजदेखि कोरोना विरुद्धको खोप लगाइने
नुवाकोट । नुवाकोटमा आजदेखि कोरोना भाइरसविरुद्धको खोप लगाउने कार्य सुरु हुने भएको छ ।

स्वास्थ्य कार्यालय नुवाकोटका प्रमुख सागर घिमिरेले जिल्लामा पहिलो चरणमा २ हजार ४ सय २जनालाई खोप लगाइने जानकारी दिए । उनले जिल्लामा पहिलो चरणमा करिब साढे २ हजार जना मानिसलाई यो खोप लगाइने बताए । सरकारको निर्णयनुसार पहिलो चरणमा स्वास्थ्यकर्मी, एम्बुलेन्स चालक, महिला स्वास्थ्य स्वयमसेविका, सरसफाई मजदुर र कोरोना संक्रमणबाट मृत्यु भएकाको शव बोक्नेलाई खोप दिइने छ ।
जिल्ला अस्पताल त्रिशुली र खरानीटार अस्पतालमा कोरोना विरुद्धको खोप लगाउने कार्य सुरु हुने घिमिरेले बताए । त्रिशुली अस्पतालबाट विदुर,लिखु,शिवपुरी र बेलकोटगढी नगरपालिकाका फ्रन्टलाइन (अग्रभाग)मा बसेर काम गर्नेहरुले यो खोप लिनेछन् । यस्तै खरानीटार अस्पतालबाट पन्चमकन्या र दुप्चेश्वर गाउँपालिकाका पहिला्े समुहलाइे खोप लगाइने भएको छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













धादिङको तरकारी कतारमा पुग्न थाल्याे
चार प्रदेशका पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना
बेलकोटगढीमा ‘सातौँ देउराली कप’ फुटबल प्रतियोगिता हुने
विदुर नगरपालिकाद्वारा त्रिशूली अस्पताललाई १०० थान ‘न्यानो झोला’ हस्तान्तरण
बागमतीका मुख्यमन्त्री थापाले आज विश्वासको मत लिँदै





प्रतिक्रिया